अारसिपि ,नेपालद्वारा एक कुमारी चाैलागाँईप्रति श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल (अारसपि,नेपाल) ले एक कुमारी चौलागाईको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीको एकता महाधिवेशन आयोजक समितिका सदस्य बद्री चौलागाईकी आमा रहेकी एक कुमारीप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको हो । पार्टीको प्रवक्ता कन्चनले आइतबार जारी गरेको वक्तव्यमा एककुमारीको निधनले आफ्नो पार्टी दुखी भएको भन्दै बारा, जितपुर सिमरा उपमहानगरपालिक वडा नं. १५ डुमरवाना निवासी एक कुमारीको शनिवार ७७ वर्षको उमेरमा निधन भएको र उहाँका चार छोरा र तीन छोरीहरु रहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस