
पाल्पा जिल्ला प्रशासनमा केही समय कार्यरत हुँदा देखि विभिन्न कार्यलयमा सरुवा भई पुगेका एक कर्मचारी चुरा बहादुर सर्तुङ्गीले कपिलवस्तुकाे सुठाैलि सम्म पुग्दा घुसपैठ लिन छाडेनन् । उनी पाल्पा जिल्ला प्रशासनमा कार्यरत रहि नापि कार्यलयकाे लेखा तथा माथागढि गाउँ पाल्पाकाे लेखा हेरेका उनलेे प्रशासनिक अाडमा पाल्पामा समेत दादागिरी चलाउने गर्थे । उनले सेवाग्राहीलाई अाँफु अब्बल रहेको अाँफुलाई कसैले केही पनि गर्न नसक्ने भन्दै पाल्पामा कार्यरत हुँदा सेवाग्राहीले घुस नदिदाँ धम्काउने गरेको एक सेवाग्राहीले नाम नबताउने सर्तमा बताएका छन् । अहिले उनी सरुवा भई विभिन्न कार्यलय पुगि कपिलवस्तुकाे सुठाैलि भन्सारमा समेत घुसपैठ लिन र दादागिरी गर्न छाेडेनन् ।
उनले कपिलवस्तु सुठाैलिमा गरेको कर्तुतका बिषयमा वैखरी अनलाइनले हालेको समाचार जस्ताको त्यस्तै
https://www.waikhari.com
“कपिलवस्तुको सुठौली भन्सारमा कर्मचारीको लुटतन्त्र : दैनिक एक लाखभन्दा बढी घुस :
“छोटी भन्सारबाट मुल भन्सारका रूपमा स्तरोन्नति भएको कपिलवस्तुस्थित सुठौली भन्सार कार्यालयका कर्मचारीहरुले लुटतन्त्र मच्चाएको पाईएको छ । उक्त भन्सार कार्यालयका कर्मचारीहरुले भन्सार नाका हुदैं नेपाल प्रवेश गर्ने हरेक गाडीबाट पैसा असुल्ने गरेको तथ्य बाहिरिएको हो । भन्सार कार्यालयका प्रमुखदेखि सुब्बासम्मका कर्मचारीले पैसा नदिए कामै नगर्ने भन्ने गरेको पाईएको छ ।
जसको फलस्वरुप भन्सार एजेण्टले व्यवसायीबाट पैसा उठाएर सेटिङ्ग मिलाउने गरेका छन् । भन्सार कार्यलयबाट सामान चेकजाँच गरि राजश्व शुल्क बुझाएर भन्सार पास भएका गाडिबाट भन्सारका कर्मचारीको एक समूहले हरेक गाडीबाट न्युनत्तम २ हजार उठाउने गरेको स्रोतले वैखरीलाई जानकारी दिएको छ ।
यसरी उनीहरुले दैनिक एक लाख घुस खाने गरेको स्रोतको दाबी छ । कर्मचारीको यो लुटतन्त्रले भन्सारका एजेण्टहरुले समेत अनावश्यक दुःख खेप्नु परेको एक एजेण्टले नाम नखुलाउने सर्तमा वैखरीलाई बताए ।
‘यहाँ (सुठौली भन्सार) का कर्मचारीले घुस नलिई काम गर्दैनन्, उनीहरुको मनोमानि छ,’ ती एजेण्ट भने, ‘ प्रज्ञापन पत्रको उनीहरुले वास्ता गर्दैनन् । उनीहरुको कारणले हामीहरुले दिनहुँ अनावश्यक सास्ती खेप्नुपर्छ ।’
वैखरीले यसबारे थप बुझ्न भन्सार कार्यालयका प्रमुख चुरा बहादुर सर्तुङ्गीसंग फोन सम्पर्क गरेर बुझ्न खोज्दा ठोस जवाफ नदिई कार्यालयमै चिया गफका लागी आग्रह गरे ।”
https://www.waikhari.com
“कपिलवस्तुको सुठौली भन्सारमा कर्मचारीको दादागिरि : रिसको झोकमा परे व्यवसायी :
कपिलवस्तुस्थित सुठौली भन्सार कार्यालयका कर्मचारीहरुले लुटतन्त्रसंगै दादागिरी मच्चाएको खुलासा भएको छ । छोटी भन्सारबाट मुल भन्सारका रूपमा स्तरोन्नति भएको उक्त भन्सार कार्यालयका प्रमुखको रिसको झोकमा व्यवसायी परेका छन् ।
वैखरी अनलाईनमा बुधबार “कपिलवस्तुको सुठौली भन्सारमा कर्मचारीको लुटतन्त्र : दैनिक एक लाखभन्दा बढी घुस” भन्ने शिर्षकमा समाचार प्रकाशित भएपछि कार्यालय प्रमुख चुरा बहादुर सर्तुङ्गीले मिडियालाई भन्ने को हो ? भन्दै शुक्रबार दिनभर तमासा नै गरे ।
उनले नियमानुसार भारतबाट नेपाल आउने गाडीलाई साँझ ५ बजेसम्म रोकेर राखेर मिडियामा जाने को हो ? भन्दै सोधपुछ गरेको खुल्न आएको छ ।
कार्यालय प्रमुखको यस्तो दादागिरीले सम्पुर्ण व्यवसायीहरु चिन्तित भएको व्यवसायीहरुले गुनासो गरेका छन् । दिनभर खाना, नास्ता नखाई आफुहरु भन्सार कार्यालयमै बस्नु परेको उनीहरुको भनाई छ ।
यतिबेला भन्सार कार्यालयमका भित्रि कुराहरु मिडियामा लगेको भन्दै भन्सारका कर्मचारी आक्रोसित भएका छन् । तस्बिर वैखरि अनलाइन