बुटवलमा गैरे प्रतिष्ठानले गर्याे बुलेटका दुई माेडलका बाईक सुभारम्भ गरेको छ । बुटवलको प्रतिष्ठित व्यवसायिक घराना गैरे प्रतिष्ठानले रोयल ईनफिल्डको नयाँ दुई मोडलका बाईकको विक्री शुभारम्भ गरेको हाे । रोयल ईनफिल्डको पछिल्लो उत्पादन क्लासिक ३५० र रोयल इलफर्ड हिमालयन स्क्याम ४११ नयाँ भेरियन्टका बाईक बुटवलमा विक्रीका लागि सार्वजनिक गरिएको हो । क्लासिक ३५० को बजार मुल्य ४ लाख ९९ हजार रुपैयाँ रहेको छ भने रोयल इलफर्ड हिमालयन स्क्याम ४११ को बजार मूल्य ६ लाख ६० हजार रुपैयाँ कायम गरिएको प्रतिष्ठानले जनाएको छ । नयाँ बजेटमा २०० सीसी भन्दामाथिको सरकारी दस्तुर घटेकाले नयाँ लञ्च गरिएका बाईकहरु बजेट अगाडीका मूल्यको तुलनामा १ देखि डेढ लाख सस्तो पर्न गएको रोयल ईनफिल्डको अधिकृत विक्रेता गैरे प्रतिष्ठानका संचालक प्रेमराज गैरेले बताए । नयाँ लञ्च गरिएका मोडेलहरुको गैरे प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरे,बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष टंक प्रसाद गैरे,पश्चिम क्षेत्रीय पेट्रोलियम डिलर एसोसियसनका अध्यक्ष हिमाल गैरे,प्रतिष्ठानका सदस्य प्रेम गैरेले बाइकको पर्दा हटाएर औपचारिक रुपमा विक्री शुभारम्भ गरेका थिए ।
कम्पनीका म्यानेजर ध्रुव सापकोटाले रोयल इन्फिल्ड सन १९०१ देखि निरन्तर उत्पादन गर्दै आएको एकमात्र कम्पनी भएको बताए । उनले लञ्चका अवसरमा दुवै मोडेलका विशेषताहरु बताएका थिए । सापकोटाकाअनुसार रोयल इन्फिल्ड स्क्राम ४११ रोयल इन्फिल्ड हिमालयनमा आधारित छ । तर हिमालयको तुलनामा यसमा निकै नै परिवर्तन गरिएको छ । सो बाइकमा स्लिक हेडल्याम्प कभर सानो ट्यांकी एक्स्टेन्सन, ब्यास प्लेट, सिंगल पिस सिट र सिंगल पिस पिलियन ग्याब ह्याण्डल छन् । स्क्रामको फ्रन्टमा १९ इन्च टायर र रियरमा १७ इन्च टायर छन् । यसको सिटको उचाइ पनि हिमालयन भन्दा ५ एमएम कम छ । रोयल इन्फिल्डको नयाँ स्क्रायाम्बलरको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ । रोयल इन्फिल्ड स्क्राम ४११७ रंगमा उपलब्ध छ, जसमा ग्रेफाइट थिम ३ रङमा उपलब्ध छ । स्क्राम ४११ मा रोयल इन्फिल्ड मेटियर ३५० मा जस्तै इन्स्ट्युमेन्ट कन्सोल एक सेमी डिजिटल युनिट जस्तै छ । मुख्य इन्स्ट्युमेन्ट पोडमा फ्युल गेज, टाइम, ट्रिपमिटर, ओडोमिटर इत्यादिका लागि डिजिटल रिड आउटको साथ एनालग स्पिडोमिटर छ । ब्रेकिङ सिस्टमको लागि फ्रन्टमा ट्विन पिस्टन क्यालिपरसहित ३०० एमएम डिस्क र रियर सिंगल पिस्टन क्यालिपरसहित २४० एमएम डिस्क छ ।बाइक मानकको रूपमा ड्युअल च्यानल एवीएसको साथ आउँछ । हाफ डुप्लेक्स स्प्लिट क्याडल फ्रेममा आधारित, यो ४१ एमएम टेलिस्कोपिक फ्रन्ट फोर्क ९१९० एमएम विल ट्राभल र रियरको लिंकेज भएको मोनोसक ९१८० एमएम विल ट्राभलमा सस्पेन्ड गरिएको छ । रोयल एनफिल्ड स्क्राम ४११ मा पावरको लागि हिमालयन जस्तै ४११ सीसी सिंगल सिलिन्डर इन्जिन दिइएको छ, जसले २४।३ बीएचपी पावर र ३२ एनएमको टर्क जेनेरेट गर्छ । यसैगरि क्लासिक ३५० सिसिमा बीएसओ रहेको र यसको क्षमता ३४९ सीसी साथै एफआई इन्जिन रहेको छ, जसले २०२ बीएचपी पावर तथा २७ एनएम टर्क जेनेरेट गर्ने सापकोटाले बताए । तस्बिरहरू