प्रचण्डलाई कालो झण्डा देखाउने क्रममा एयरपोर्टबाट क्रान्तिकारी युवा विद्यार्थीहरु गिरफतार

नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ४ दिने भारतभ्रमण सकेर नेपाल फर्कदा काठमान्डौ एअरपोटमा उनका राष्ट्रघाती कार्यका विरुद्ध कालो झण्डा देखाउने कार्यक्रमबाट एक दर्जन क्रान्तिकारी विद्यार्थी र युवाहरु गिरफतार गरिएका छन् । आन्दोलनकारी विद्यार्थी र युवाहरुलाई त्रिभुवन एअरपोर्ट गेटबाट नै गिरफतार गरी गौशाला प्रहरी बृतमा राखिएको छ । यसरी गिरफतार हुने विद्यार्थी र युवाहरुमा अखिल क्रान्तिकारी अध्यक्ष हरी कृष्ण गजुरेल, मिलन राई,झलक विक, विरेन्द्र शर्मा, श्री मल्ल, उषाकिरण आजाद, विनिता कार्की, , डिवी शाही, सपना पुन मगर, नवराज विक, गोविन्द विष्टआदि हुनुहुन्छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस