
बाँके/ बाँके जिल्लाको कोहलपुरमा प्रगतिशील युवा उद्यमी तालिम सम्पन्न भएको छ। उद्यमशील नेपालको आयोजनामा र कोहलपुर जेसिजको सहजीकरणमा उक्त तालिम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी ईलाका प्रहरी कार्यलय कोहलपुरका प्रहरी नायव निरीक्षक महेश आचार्यले ब्यानर पढी कार्यक्रमको समुद्घघाटन गरेका थिए ।तालिमलाई सम्बोधन गर्दै कोहलपुर जेसीज वर्ष २०२३ का अध्यक्ष धुर्व आचर्यले ” पछिल्लो समय युवाहरूमा बढ्दै गरेको लागू पर्दाथ दुर्व्यसनी र यसको नियन्त्रण कसरी गर्ने साथै आर्थिक मन्दी आउनुको कारण र समाधानको विषय लगाएत नेपालको वर्तमान राजनितीको परिस्थितिलाई मध्यनजर गरि उक्त तालिम आयोजना गरेको अध्यक्ष आचार्यले जानकारी दिएका छन ।
कार्यक्रममा वर्तमान अवस्थामा आएको आर्थिक मन्दी , उद्योगको तयारी , राजनीतिमा युवाको वितृष्णा , ट्राफिक सचेतना र लागू पर्दाथ दुर्वसनी न्यूनीकरणको विषयमा ईलाका प्रहरी कार्यलयका प्रतिनिधि, ट्राफिक कार्यलयका प्रतिनिधि, नेपाल बैंकका प्रतिनिधि , नगर प्रहरीका प्रतिनिधि युवा व्यवसायी र सामाजिक क्षेत्रका व्यक्तित्वहरुले प्रशिक्षण दिएका हुन ।
तालिमलाई सम्बोधन गर्दै उद्यमशील नेपालका प्रबन्ध निर्देशक अशोक गौडेलले ” युवाहरूलाई अबका दिनमा उद्यमीको बाटोमा अगाडि बढाउन पर्ने आवश्यक देखिएकोले उक्त तालिम आयोजना गरेको बताएका छन । उनका अनुसार उद्यमशील नेपालले उद्यमीको क्षेत्रलाई र व्यापार व्यवसाय गर्दै आएका व्यवसायिको हक हितका लागि यस्ता खालका तालिमहरु आयोजना गर्दै आएको निर्देशक गौडेलले बताएका छन।
तालिममा ७० जना भन्दा बढिको सहभागी रहेको थियो ।