भारतको ओडिशामा रेल दुर्घटना,अहिलेसम्म मृतक संख्या २८८ जना पुग्यो

भारतको ओडिशामा रेल दुर्घटना भएको छ । दुर्घटनामा परि अहिलेसम्म मृतक संख्या २८८ जना पुगेकाे छ । भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या बढिरहेको छ । ओडिशाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौं सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । मृतकको संख्या बढ्न सक्ने भारतीय अधिकारीहरुले बताएका छन् । भारतमा यो शताब्दीकै सबैभन्दा खराब रेल दुर्घटना मानिएको छ । घटना शुक्रबार साँझ भएको थियो । घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिशाको प्रमुख सचिव प्रदीप जेनाले बताएका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस