क्रान्तिकारी कम्युनिस्ट पार्टी कपिलवस्तुकाे आयाेजनामा श्रद्धाञ्जली सभा सम्पन्न

कपिलवस्तु : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष माेहन वैध्य किरणकी सासुआमा खगिश्वरा आचार्यकाे श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कपिलवस्तुकाे आयाेजनामा भएकाे श्रद्धाञ्जली सभा अध्यक्ष माेहन वैद्य किरणकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।


बुद्धभुमि नगरपालिका-४ बुड्डी गेलवारमा भएकाे श्रद्धाञ्जली सभामा अध्यक्ष किरण, पार्टीका कार्यालय सदस्य केवि गुरुङले श्रद्धाञ्जली तथा समवेदना मन्तव्य राख्नुभएकाे थियाे ।

अध्यक्ष किरणले अर्घाखाँची जिल्लाकाे कम्युनिस्ट आन्दाेलनका संस्थापक नेता खुबिराम आचार्यकी जीवन संगिनी तथा तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी)का केस पिताम्बर आचार्यकी आमा समेत रहनु भएकी खगिश्वरा आचार्यले क्रान्तिकारी कम्युनिस्ट आन्दाेलनमा पुर्याउनु भएकाे याेगदानकाे चर्चा गर्नु भएकाे थियाे ।

पार्टीका प्रदेश सदस्य कमल उप्रेेतीकाे अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभाकाे सञ्चालन क्षेत्रबहादुर थापाले गर्नु भएकाे थियाे ।
कार्यक्रममा दिवंगत खगिश्वरा आचार्यकाे फाेटाेमा अबीर, माल्यार्पण र माैनधारणसहित श्रद्धाञ्जली अर्पण गरिएकाे थियाे ।

कार्यक्रममा परिवारजनकाे तर्फबाट तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य समेत रहनु भएका पिताम्बर आचार्यले जीवनीसहितकाे अनुभुति राख्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०८० जेष्ठ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस