
अाज जेठ १२ गतेकाे दिनलाई स्मरण गर्दै काठमाडौं घट्टे कुलामा विप्लव नेतृत्वको एकीकृत जनक्रान्तिकाे अभियानका क्रममा २०७६ जेठ १२ गते अनेरास्ववियु(क्रान्तिकारी) CTEVT विभागका अध्यक्ष महान सहिद हुनु भएका कमरेड प्रज्वल शाही कि बहिनी मनिसा शाहीले भावविह्वल हुदै स्टाट्स लेख्दै सामाजिक संजालमा भन्नुभएको छ “सहिदका नाममा केहीले महल बनाए,घर घरेडि जाेडे तर हजुरकाे सपना पूरा भएन् ।” उहाँले भन्नुभएको छ “पार्टीका नाममा सहिदका नाममा केहीले महल बनाए केहीले घर घरेडि जाेडे,केहिले छाेराछाेरी पढाए,केहिले श्रीमती छाेरा बुहारीलाई सुन सम्पति जाेडे,केहि विदेश पढ्न गए तर न पार्टी रह्याे न त हजुर लागेको बाटो न हाम्रो खुसि नै बाकि रह्याे न त हजुरकाे सपना पूरा भयाे ? आखिर एकीकृत जनक्रान्ति केही मान्छे मारेर केहिका लागि फलिफाप बाहेक केही भएन् मेराे दाइ म जस्ता सहिद परिवारले आँसु बाहेक केही पाएनाैं न हजुरकाे घटनाकाे छानवीन भयाे,न पार्टीले जिम्मेवारी लियाे न त सहिद घाेषणा गर्ने कुनै पहल नै भयाे !”
उहाँले लेख्नु भएको लामाे स्टाट्स जस्ताको त्यस्तै
“समयले पाँच बर्ष पुग्याे पाँच शताब्दी भयाे जस्तै लाग्छ ! मैले मेराे परिवारले मेरो दाईलाई देख्न नपाएको,बाेल्न नपाएको,भेट्न नपाएको आँसु पिउदै दिनहरु गन्दै बितेको पाँच बर्षले आँसु पिडा दुख अप्ठ्यारो अभाव बाहेक केही दिएन् ।
मेरो दाइ मेरो घरपरिवारको खम्वा हाेइसिन्थ्याे बाँच्ने आधार मेराेपरिवारकाे सर्वस्व हाे मेरो दाइ । सामान्य जीवन चलाउन कठिन मेराे परिवारमा बुवामुवाले परिवारकाे जिम्मेवारी दिएर काठमाडौं पढ्न पढाइसियाे हामी ५ भाइबहिनीकाे मुवाबुवाकाे जिम्मेवारी थियोे दाईमाथी, तर कुन शत्रुको आँखा लाग्याे हाम्रो सपना खुसिमाथी हामीले हाम्रो खुसि गुमाएको दिन फेरि फर्केर आयाे तर दाइ एकपटक हजुर आइसिएन हामी अझै हजुरकै बाटो कुरिरहेका छाैं ।
हाम्रो परिवार मेरो जिन्दगीको कालाे दिन, मेरो खुसी लुटिएको, मेरो जिउने आधार गुमाएको दिन, मेरो दाइको सपना र मेराे घरपरिवारले देखेका हजारौं हजार सपनाहरू खरानी भएकाे दिन जेठ १२ फेरि फर्केर आएको छ दाइ । हाम्रो स्वर्ग जस्तो घरमा यस्तो यति ठुलाे बज्रपात पर्ला कसरी कल्पना गर्न सकिन्थ्याे दाइ तर पापीहरुले मेरा बुवा मुवा काे बुढेसकालकाे साहारा खाेसेरै छाेडे ।
दाई पाँच बर्षसम्म मैले हजुरकाे घटनाकोबारे सत्यतथ्य बुझ्न कुन नेताकाे दैलाे पुगिन् मैले कसलाई पुकारिन् तर आजसम्म कसैले जवाफ दिदैनन् कि कसरी एक सामान्य विद्यार्थीलाई बम बाेकायर मारियाे ? मेरो दाइ सेना हाेइन् मेरो दाइ न त आतंककारी हाे न त देशमा ठुलाे कुनै लडाइँ नै थियाे आखिर किन मेरो दाइलाई बम बाेकाएर मारियाे कस्काे के स्वार्थका लागि ? मैले हाम्रो परिवारले यसकाे जवाफ पाएका छैनाैं दाइ ।
दाइ हजुरलाई बम बाेकाउदै गर्दा बम बाेकाउनेका छाेराछाेरी डाक्टर र इन्जिनियर पढ्दै थिए अहिले कसैले डाक्टर लेखाएका छन त काेहि चिन जापान विश्वविद्यालयमा पढ्दै गरेका छन् मेराे दाइ म हिसाबकाे सँग कसरी मागाैं ? चित्त बुझाउने ठाउँ कहिपनि भेटाउदिन् । हजुरकै साथि सर्कलका दाइहरु शहरभरी छन् खाेइ मेरो दाइ छ भन्ने अनुभुती कहिल्यै भएको छैन् ।
राेगी बुवालाइ हजुर गुमाएपछि काठमाडौं लिएर आए मेरो दाइ न हजुरको स्थान दिन सके न त राम्रोसँग उपचार नै गर्न विर अस्पताल धाउदै महिना बित्यो बुवाकाे राम्रो उपचार गर्न नसकि घर पठाए । कहाँ कसलाई के भनेर सुनाउ दुख ? आजकाल त सहिद परिवार हाैं भन्नपनि आफैलाई पाेल्छ । देश र जनताकाे लागि रगत बगेको रगतकाे मानमर्यादा के ? केही बुझ्न सकेकि छैन् । पार्टी थियोे कत्राे त्यहि पनि फुट्याे त्याे बिचमा आफुलाई लागेका कुरा सहिद परिवारकाे नाताले के गरेका थियौं अहिलेसम्म हामिमाथि आइलागेकै छन् । के प्रश्न उठाउनु गल्ती थियोे कसरी दाईकाे मृत्युु भयाे भन्नु के अपराध भयाे अब त न तिनै नेताहरुले फाेन समेत उठाउन छाेडे,भन्दैछन् सहिद परिवारले हामिलाई समर्थन नगरेकाले हामीले किन सपाेट गर्ने ? दाइ कुन नेतासंग के का लागि मैले गल्ती गरे भनेर जाउ ? मलाई नै थाहा छैन ।
पार्टीका नाममा सहिदका नाममा केहीले महल बनाए केही ले घर घरेडि जाेडे,केहिले छाेराछाेरी पढाए,केहिले श्रीमती छाेरा बुहारीलाई सुन सम्पति जाेडे,केहि बिदेश पढ्न गए तर न पार्टी रह्याे न त हजुर लागेको बाटो न हाम्रो खुसि बाकि रह्याे न त हजुरकाे सपना पूरा भयाे ? आखिर एकीकृत जनक्रान्ति केही मान्छे मारेर केहिका लागि फलिफाप बाहेक केही भएन् मेराे दाइ म जस्ता सहिद परिवारले आँसु बाहेक केही पाएनाैं न हजुरकाे घटनाकाे छानवीन भयाे,न पार्टीले जिम्मेवारी लियाे न त सहिद घाेषणा गर्ने कुनै पहल नै भयाे ।
अझै कामना छ, मेराे खुसि खाेस्ने ज्यानमाराहरुकाे जिवनमा मेराे परिवारले जस्तै दुःख भाेग्न नपराेस,म जस्तै सहिद परिवारकाे अशान्तिको आगाे जलेर खरानी हुन नपराेस हाम्रो आँसु नलागाेस् अझै रगतका थाेपा थाेपा बेचेर जीवन चलाउनुहाेस् क्रान्ति भनिराख्नुहाेस् तपाईंहरुकाे लुटभित्रकाे आवरणकाे क्रान्तिले तपाईंकै परिवारलाई खरानी बनाएकाे यी आँखाले देख्न नपराेस् ।
मेराे दाइ हजुरप्रति हार्दिक श्रद्धाञ्जली !”