जनबाटाे अनलाइनमा प्रकाशित समाचार झुट,अारसिपि नेपालले जारी गर्याे प्रेस वक्तव्य

बुटवलबाट संचालित सम्पादक खाेमा तरामु रहेको जनबाटाे अनलाइन पत्रिकामा मिति २०८० जेठ ६ गते प्रकाशित समाचार झुट भएको छ । पार्टीको निलम्बनमा परेका व्यक्ति र निलम्बनमा परेका व्यक्ति संग पार्टीको विधि र मर्यादा समेत ख्याल नराखि विज्ञप्ति जारि गर्ने पार्टी सदस्य विजय र नवाैं महाधिवेशन अायाेजक समिति सदस्य प्रवेशलाई अाज क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल(अारसिपि,नेपाल)ले एक वक्तव्य जारी गर्दै पार्टीको मर्यादामा बस्न र भ्रमपुर्ण कार्य नगर्न नगराउन सार्वजनिक निर्देशन जारी गरि उक्त जनबाटाेमा प्रकाशित विज्ञप्तिको खण्डन गर्दै भ्रम कार्य गर्नेहरुलाई पार्टीको मर्यादामा रहन सार्वजनिक निर्देशन समेत गरेको छ ।

साथै उक्त घटना पार्टीकाे एकता हुन नदिन षडयन्त्ररत तत्वहरु र एकता भइसकेपछि डाहले जलेका मानिसहरु एकता प्रक्रिया टुङ्गिन नदिन अनेक जालझेल रचिरहेको कुरामा आम जनता र पार्टी पङ्क्तिलाई सचेत हुन समेत अपिल गरेको छ । यस्तो अवस्थामा केही अराजकता,अवाञ्छित र कपाेलकल्पित भ्रमपुर्ण कार्य गर्दै कुनै पद,कुनै भुगाेल,कुनै पार्टीको नाम बिना अाधारहिन विज्ञप्ति जारी गरि रुपन्देही लगायतका केही जिल्लाहरुमा भ्रम फैलाउन उक्त जनबाटाे अनलाइन पत्रिकाले मिति २०८० जेठ गते शनिबार ४:०६ बजे झुट समाचार प्रकाशित गरेको थियो । उक्त अनलाइनले अाफ्नाे सामाजिक संजालमा वायाेहरु समेत झुट राख्ने गरेको तथ्य फेला परेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले अाज जारी गरेको प्रेस वक्तव्य जस्ताको त्यस्तै

“नेपालको कम्युनिस्ट आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी । बहुमता का बीच पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बन्तु ऐतिहासिक र सुखद पक्ष रहेको छ । तर यो एकता हुन नदिन षडयन्त्ररत तत्वहरु र एकता भइसकेपछि डाहले जलेका मानिसहरु एकता प्रक्रिया टुङ्गिन नदिन अनेक जालझेल रचिरहेको कुरामा आम जनता र पार्टी पङ्क्तिलाई सचेत बनाउन चाहन्छौं ।

यही २०८० साल जेठ ६ गते रुपन्देही जिल्लाबाट नकारात्मक उदेश्य राखी सकारात्मक कुरा समेत उल्लेख गरी एउटा प्रेस वक्तव्य प्रकाशित भएको छ, जसले क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण गराएको छ । उक्त प्रेस वक्तव्यमा पूर्व नेकपा ( बहुमत) का रुपन्देही संयोजक विजय र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका एकता महाधिवेशन आयोजक समिति सदस्य प्रवेशको हस्ताक्षर रहेको छ । उहाँहरु दुवै जनाले सार्वजनिक वक्तव्य दिई जनतामा भ्रम पार्न खोजेकोले उहाहरुलाई पनि पार्टीले सार्वजनिक गर्न बाध्य भएको छ । क. विजयलाई पार्टी केन्द्रीय कार्यालयले निलम्बन गरेको अवस्थामा त्यसलाई समेत जानी जानी चुनौति दिने गरी क प्रवेशले समेत उक्त प्रेस वक्तव्यमा हस्ताक्षर गरी सार्वजनिक गर्नुभएको छ । अत के विजयलाई पार्टी सदस्यको रुपमा अनुशासित रहन र क. प्रवेशलाई केन्द्रीय समिति सदस्यको मर्यादामा रही काम गर्न निर्देशित गरिन्छ ।”

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस