
“हामि युद्धको बिरोध गर्दछौं,तर यदि हामिमाथि जबर्जस्त युद्ध थोपरियो भने हामि हजार बर्षसम्म पनि युद्ध लड्न तयार छौं भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय कार्यलय सदस्य उदय बहादुर चलाउने दिपकले यस्तो बताउनुभएको छ । उहाँले कञ्चनपुरको महेन्द्रनगर नगर विकास घोटाला काण्डविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीन नेता आमरण अनसनमा बसिरहेका नेताहरुकाे जीवन कमजोर भए पछि जिवनकाे रक्षाकाे माग गर्दै यस्तो कुरा बताउनु भएको हाे ।
कञ्चनपुरको महेन्द्रनगर नगर विकास घोटाला काण्डविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका तीन नेता आमरण अनसन मिति २०८० जेठ ७ गते बाट बसिरहेका छन् । मोहन वैद्य किरण नेतृत्वको उक्त पार्टीको कञ्चनपुरका तीन नेता आमरण अनसनमा बसेका हुन् । युवा नेता दीपेन्द्रसिंह ऐरी,जयबहादुर रोकाया र नीरज विकले आइतबार भीमदत्त नगरपालिका– ४ मदनचोकमा अनसन बसेर आन्दोलन सुरु गरेका हुन् । नगरको गुरुयोजनाविपरीत भ्रष्टाचार गरेको गिरोहलाई बचाउन खोजेको भन्दै तीनैजनाले भोक हडतालसहित आमरण अनसनमा बसेका हुन् । उक्त पार्टीले मिति २०८० जेठ ७ गते शनिबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै नगर विकास प्रकरणमा अख्तियार र सरकारले बेवास्ता गरेको भन्दै राज्यको सम्पत्ति जोगाउन दबाबमूलक आन्दोलन गर्ने घोषणा गरेको थियो । महेन्द्रनगर नगर विकास जमिन घोटाला गर्ने गिरोहमाथि कारबाहीको माग अघि सारेर आमरण अनसनसहित अख्तियारले उक्त घोटालामा दोषी ठहर गरेकाहरूलाई कारबाही गर्नुपर्ने, कानुनविपरीत वितरण भएका जमिन फिर्ता हुनुपर्नेलगायत उनीहरूको माग छ ।
उहाँले कञ्चनपुरमा भ्रष्टाचार बिरुद्धको अभियानमा अनसनरत भाई दिपेन्द्रको जिवन रक्षा एवम् दोषिहरुलाई कार्बाहीका लागि भ्रष्टाचार बिरुद्धका सच्चा मित्रजनहरुमा हार्दिक ऐक्यबद्धता जनाउन अनुरोध समेत गर्नु भएको छ । उहाँले अाफ्नाे सामाजिक संजाल लेख्नु भएको स्टाट्स जस्ताको त्यस्तै “हामि युद्धको बिरोध गर्दछौं, तर यदि हामिमाथि जबर्जस्त युद्ध थोपरियो भने हामि हजार बर्षसम्म पनि युद्ध लड्न तयार छौं ।” कञ्चनपुरमा भ्रष्टाचार बिरुद्धको अभियानमा अनसनरत भाई दिपेन्द्रको जिवन रक्षा एवम् दोषिहरुलाई कार्बाहीका लागि भ्रष्टाचार बिरुद्धका सच्चा मित्रजनहरुमा हार्दिक ऐक्यबद्धताको अनुरोध छ ।”