निराधार कपाेलकल्पित भ्रमपुर्ण कार्यकाे नेता मुक्ति गैरेद्धारा निन्दा प्रकट

अर्थहीन,निराधार,कपाेलकल्पित,भ्रमपुर्ण बदनामि पुर्ण कार्यकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका नेता मुक्ति गैरेद्धारा निन्दा प्रकट गर्नु भएको छ । अाज एकाविहानै अाफ्नाे सामाजिक संजाल फेसबुकमा एक स्टाट्स लेख्दै भन्नुभयो “अहाे ! समाज त मानवियताबाट पुरा च्युत भएर विघटन पाे भएको रहेछ । दया,माया,वर्गीयता मानवियता,मानविय संवेदना केही रहेनछ सबै अन्त्य भए छ ।”
“जसलाई सहयोग गर्याे उसैबाट धम्की,चेतावनी,अाक्रमण र अझै अर्थहीन,निराधार,कपाेलकल्पित,भ्रमपुर्ण बदनामि कार्य !,मानवीय संवेदनाहिन कार्य निन्दनीय छ !” उहाँलाई सामाजिक संन्जालमा अाएकाे प्रसंगमा साेधिएकाे प्रश्नको जवाफ दिदै भन्नुभयो -“म क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाललाई पुरा समय दिएर लागि रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे एक सिपाही हुँ । म क्रान्ति र क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको पक्षमा वर्गीय मायाका साथ पार्टी परिवारका सबैलाई मेरो क्षमताले भ्याएसम्म सहयोग गर्दै निरन्तर अगाडि बढी रहेको व्यक्ति हुँ ।,म पितृसत्तात्मक समाज,सामन्तवादी समाज,पछिल्लो नेपालमा विकसित हुदै गएको पुँजीवादी-साम्राज्यवादी समाज विरुद्ध मानवीय जिवनमा अाएका कहाँलि लाग्दा घटना र दुर्घटनाहरु सित कठाेर संघर्ष गर्दै क्रान्तिकाे पक्षमा निरन्तर साथ र सहयोग दिदै अाएकाे छु,निरन्तर दिने प्रण पनि गर्दछु । जब कि हामी सहभागी भएर अाएकाे माअाेवादी क्रान्तिकारी कम्युनिस्ट अान्दोलन विघटित भए पछि समग्र वर्गीय माया पनि विघटन भएको रहेछ भन्ने कुरा बल्ल अाज थाहा पाए । मैले उदार भएर सबैलाई सकेको सहयोग गर्ने गरेको छु तर अाज याे पुष्टि र प्रमाणित भयो कि जसलाई सहयोग गर्याे उसबाट धम्की,चेतावनी,बदनाम र अन्ततः अाक्रमण समेत हुदाे रहेछ । याे कार्य बेईमानि र निन्दनीय कार्य हाे याे विद्यमान समाज मानवीय संवेदनाबाट च्युत भएको महसुस भएको छ । अब यस्ता हर्कतबाट सचेत रहेर निरन्तर क्रान्तिकारी कम्युनिस्ट अान्दोलनमा लाग्नुकाे अर्को विकल्प छैन् । यी सबैकाे समाधान भनेको क्रान्ति हाे,वर्गसंघर्ष हाे । तबसम्म यस्ता हर्कतलाई पक्षपोषण गर्ने वर्गसमाज रहन्छ वा विभेदकारी वर्गसमाज रहि रहन्छन् तबसम्म वर्गसंघर्ष जारि रहन्छ,जब वर्गसंघर्ष अन्त्य हुन्छ त्यतिबेला बल्ल वैज्ञानिक समाजवाद स्थापना हुनेछ,त्यो वैज्ञानिक समाजवादमा मात्रै मानवीय संवेदना भेटिने छ,दया,माया,एकअर्कालाई साथ सहयोग,तेरो मेरोकाे अन्त्य हुनेछ मानव मुक्ति त्यतिबेला बल्ल भेटिनेछ ।

अाज जुन मेरा विरुद्ध निराधार,कपाेलकल्पित,भ्रमपुर्ण बदनामि पुर्ण कार्य भएको छ जाे जसले गर्नु भएको छ उहाँहरु हाम्राे शिक्षाकाे लागि धन्यवादकाे पात्र बन्नु भएको छ,उहाँहरुकाे साेच,विचार र व्यवहार उस्तै छकि परिवर्तन भएको छ भन्ने कुरालाई राम्रोसंग उजागर गरेको छ यसले हामिलाई अगामि दिनमा अगाडि बढ्न ठूलो शिक्षा प्राप्त भएको छ,ज्ञान प्राप्त भएको छ,झन् मजबुत,शक्तिशाली बन्न प्रेरित गरिरहेकाे छ,झन् अविचलित भई अझङ्गकाे चट्टानि पहाड झै उभिन प्रेरित गरिरहेको छ । यस कार्यबारे म अहिले केही पनि बाेल्न मिल्दैन तर याे सत्य कुरा बारे निकट भविष्यमा छिट्टै उजागर हुनेछ भन्ने कुराकाे अपेक्षा राख्दछु,अासा प्रकट गर्दछु,न्याय प्राप्त हुनेछ भन्ने विस्वास व्यक्त गर्दछु । याे पनि अपिल गर्दछु कि हाम्रो क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका अादणिय अध्यक्ष कमरेड किरणकाे अध्यक्षतामा बसेकाे बैठकले भ्रष्टाचार विरुद्ध १० दिने संघर्षको कार्यक्रम समेत घाेषणा गरेको छ । यसमा काेहि पनि साथीहरू भ्रमित नभई कार्यक्रमहरुलाई शानदार सफल पार्न समेत अपिल गर्दछु सबैले अाअाफ्नाे ठाउँबाट सहयोग गर्न समेत अपिल गर्दछु ।”

उहाँले लेख्नु भएको छ स्टाट्स जस्ताको त्यस्तै :

“अहाे ! समाज त मानवियताबाट पुरा च्युत भएर विघटन पाे भएको रहेछ । दया,माया,वर्गीयता मानवियता,मानविय संवेदना केही रहेनछ सबै अन्त्य भए छ । हुन त कमरेड माक्र्सले एक प्रसंगमा भन्नुभएको रहेछ “सामन्तवाद भन्दा पुँजीवाद सबैभन्दा खराब र अपराधी हुन्छ सामन्तवादले बरु अाफ्नाे वर्गपक्षपाेषण गर्दै अाफ्नाे वर्गको रक्षाका लागि लड्दछ भने पुँजीवाद पैसा,पद र पावरकाे पक्षपाेषण गर्दछ भने त्याे पैसा,पद र पावरका लागि उसले अाफ्ना सन्तानहरु पनि बेच्न पछि पर्दैन्,पुँजीवाद यति विकृत र अपराधी हुन्छ सिमा हुदैन्” भन्ने कुरा साबित भयो । जसलाई सहयोग गर्याे उसैबाट धम्की,चेतावनी,अाक्रमण र अझै अर्थहीन,निराधार,कपाेलकल्पित,भ्रमपुर्ण बदनामि पुर्ण कार्य !,मानवीय संवेदनाहिन कार्य निन्दनीय छ !”

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस