कथित शान्ति प्रक्रियाको पनि पहेली सर्वाङ्ग देखियो : नेता दिपक

क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय कार्यलय सदस्य उदय बहादुर चलाउने दिपकले कथित शान्ति प्रक्रियाको पनि पहेली सर्बाङ्ग देखिएकाेे बताउनु भएको छ । अाज उहाँले अाफ्नाे सामाजिक सन्जाल फेसबुकमा वेपत्ता याेद्धा दिवसको अवसर पारि स्टाट्स लेख्दै भन्नुभयो “देशलाई अनन्त युद्धमा फसाउने उद्देश्यले तयार पारिएको कथित सत्य निरुपण तथा मेलमिलाप आयोगको काम नभएको” समेत जिकिर गर्नु भएको छ । उहाँले लेख्नुभएको स्टाट्स जस्ताको त्यस्तै “आज वेपत्ता योद्धा स्मृति दिवस ! शहिद वेपत्ता योद्धाका सन्ततिहरुलाई शिक्षा–स्वास्थ्यको निःशुल्क व्यवस्था गरियोस् । आवासको सुनिश्चितता गरियोस् । रोजगारीको सुनिश्चितता गरियोस् । यो कुरा एक पक्षमा मात्र होईन विगत गृहयुद्धको बेला आफ्ना आफन्त गुमाएका सबै परिवारको हकमा लागु गरियोस् । किनकि, कथित शान्ति प्रक्रियाको पनि पहेली सर्बाङ्ग देखिईसकियो । देशलाई अनन्त युद्धमा फसाउने उद्देश्यले तयार पारिएको कथित सत्य निरुपण तथा मेलमिलाप आयोगको कामै छैन । खारेज गरियोस् । शहिद र वेपत्ता योद्धाहरुको सपना दलाल पुँजीवाद होईन वैज्ञानिक समाजवाद हो । वेपत्ता योद्धाहरु तपाईहरुका सपनाहरु जिउँदैछन् ! निजि बिचार, धन्यवाद ।”

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस