अारसिपि,नेपालकाे अभियान प्रभाव : पुर्व मन्त्री एमाले नेता टाेप ब. रायमाझी विरुद्ध पक्राउ अादेश

काँग्रेस नेता बालकृष्ण खाँण र एमाले नेता तथा पुर्व गृहमन्त्री रामबहादुर थापा पनि अाँशकामा

क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल(अारसिपि) ले चलाएको अभियान प्रभाव परेको छ । उक्त पार्टीले गत बर्ष २०८९ मंसिरमा नेकपा(एमाले) नेता टाेप बहादुर रायमाझी,गृहमन्त्री तथा नेपाली काँग्रेसका उमेदवार नेता बालकृष्ण खाँण,नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरी,नेपाल कम्युनिस्ट पार्टी(एमाले) उपाध्यक्ष बिष्णु पाैडेल,रुकुम(पुर्व) प्रदेश सभा “ख” का उम्मेदवार धनबहादुर केसी (डिबी),काठमाडौँ सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका संचालक सुनिल शर्मा,दाङका तत्कालीन उमेदवारहरु नेकपा(एमाले)बाट उठेका गुल्मी क्षेत्र नं. १ का उमेदवार चिन्तामणि पाण्डे,उम्मेदवार शंकर पोखरेल(नेकपा एमाले महासचिव), संघीय उम्मेदवार दिपक गिरी(नेपाली काँग्रेस),संघीय उम्मेदवार कमल वली(नेकपा एमाले),प्रदेश उम्मेदवार डिल्ली चौधरी(नेपाली काँग्रेस),प्रदेश उम्मेदवार धनबहादुर मास्के (नेकपा माअाेवादि केन्द्र),प्रदेश उम्मेदवार घनश्याम पाण्डे(नेकपा एमाले),प्रदेश उम्मेदवार हुकुम वहादुर बस्नेत(नेकपा एमाले), प्रदेश उम्मेदवार गिरीराज के सी(नेकपा एमाले),प्रदेश उम्मेदवार बलिभद्र राना (नेकपा एमाले) र प्रदेश उम्मेदवार राजु खनाल(नेपाली काँग्रेस) लगायतका नेताहरू भ्रष्टाचारि,व्यवभिचारि,देश बेचुवा व्यवस्थाकाे चुनावमा उमेदवार दिई जनतालाई भ्रममा पारि लुटकाे स्वर्ग मच्चाएको भन्दै गत बर्षकाे २०८९ मंसिरकाे निर्वाचन अवज्ञा-बहिष्कार गर्न अाह्वान गर्दै त्यस्ता नेताहरु विरुद्ध भाेट नहाल्न अपिल समेत गरेको थियो । अाज उक्त पार्टीले चलाएको अभियान पुष्टि भएको छ उक्त अभियानकाे पहिलो प्रभाव एमाले नेता सचिव तथा पुर्व मन्त्री टाेप बहादुर रायमाझी विरुद्ध परेको छ ।

तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यममा उनको विषयले प्राथमिकता पाएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएपछि उनको विषयमा व्यापक बहस भइरहेको छ । उनका छाेरा सन्दिपलाई वुटवलबाट पक्राउ गरि अहिले प्रहरीले अनुसन्धान गरि रहेको छ भने नेता टाेप बहादुरलाई खाेजि कार्य तिब्र बनाएको छ । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो । बुधबार पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

अनुसन्धानका क्रममा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने कार्यमा राजनीतिक व्यक्तिहरुकै संलग्नता रहेको बुझिएको छ । सन्दीपले एक करोड रुपैयाँको चेक लिएको पाइएको पनि बताइएको छ । साढे ८ सय नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ रहेको बताइएको छ । यो कार्यमा रायमाझीको पनि संलग्ना रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको बुझिएको छ । यसमा तत्कालीन गृहमन्त्री बादल पनि तानिने सम्भावना छ ।
त्यतिबेला लुम्बिनीमा उक्त अभियानको नेतृत्व गरेका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो प्रमुख लालबहादुर बिसि कमरेड सार्दुलले दावी गरेका छन् । उहाँले भन्नुभयो : “हामीले हाम्रो पार्टी त्यतिबेलाकाे नेकपा(बहुमत) अहिलेकाे क्रान्तिकारी ध्रुवीकरण भई बनेको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालकाे अभियान पुष्टि भएको बताउनुभयो ।” उहाँले भन्नुभयो : “याे संसदीय पुँजीवादि व्यवस्था जनता लुटेरा,ठग,भ्रष्ट भएको कारण यस व्यवस्थामा जाे सुकै गए पनि हुने यहीँ भएको हुँदा हामीले भाेट नहालि चुनाव अवज्ञा गर्दै त्यस्ता नेताहरूकाे कालाे ब्यानरमा उनिहरुले गरेका कर्तुतहरुकाे भण्डाफोर गर्दै तस्बिरहरू राखि सार्वजनिक स्थल,उनका चुनावी क्षेत्र,उनकै घरमा टाँगेर जनतालाई अपिल गरेका थियौं । अाज हामीले अपिल गरेअनुसार भ्रष्ट नेताहरूकाे विरुद्ध बल्ल पक्राउ पुर्जी जारी गरेको छ ।”
यस्तै उक्त पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले चलाएको अभियानमा पुर्वमन्त्री तथा नेपाली काँग्रेसका बालकृष्ण खाँण पनि अाज मानव तस्कर तथा ठगि विरुद्ध संलग्न रहेको भन्दै अाँशका गरेको छ । प्रहरीले भनेको छ पक्राउ पर्नेहरुबाट हामीले लिएको बयान अनुसार उहाँको नाम पनि उल्लेख भएको छ यसबारे हामीले अनुसन्धान जारि राखेका छाैं ।

उक्त पार्टीले चलाएको अभियानमा नेता टाेप बहादुर रायमाझी विरुद्ध यस्ताे अाराेप लगाउदै फाेटाे सहित ब्यानरहरु सार्वजनिक गरिएको थियोे ।

“कथित निर्वाचनका उम्मेदवार टोप बहादुर रायमाझीलाई सामाजिक बहिस्कार किन ?

१. संसदीय व्यवस्थाको विरुद्ध जनयुद्ध गरि अर्घाखाँची जिल्लाबाट करिब ७८ लगायत देशभरीबाट १०००० भन्दा बढी सहिद तथा बेपत्ता परिवारको भावना बिपरित दलाल संसदीय व्यवस्थाको कथित चुनावमा भाग लिएकोले ।,
२. माओवादी आन्दोलन र आदर्शलाई बेचेर दलाल पुँजिपती वर्गमा परिणत भएकोले।,
३. सहिदको रगतमा होलि खेलेर सहिद,बेपत्ता र घाइते परिवारलाई बेवास्था गरि दलाल,ठेकदार, र माफियाको पक्षमा काम गरेकोले ।,
४.माओवादी आन्दोलनलाई बदनाम, कमजोर र संसदवादी बनाउन भूमिका खेलेकोले,
५. बिकास निर्माणमा कमसल काम गराई कमिसन खाएर व्यक्तिगत सम्पत्ति आर्जन गरेकोले ।,
६. माओवादी आन्दोलनबाट स्थापित भएर पट्क पट्क सत्तामा रहेर आधारभूत वर्गको पक्षमा काम गर्नुको सट्टा दलाल, माफिया र पुँजिपति वर्गको काम गरेकोले।,
७. संसद विकास कोषको रकम आफ्ना झोले कार्यकर्ता लाई पोस्ने काम गरेकोले ।,
८.सहिद,बेपत्ता र घाइते जनमुक्ति सेनाको पक्षमा बोल्न छोडेको ।” उक्त पार्टीले चलाएको अभियानका फाेटाहरु

प्रकाशित मिति : २०८० बैशाख २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस