लाल झण्डा बाेकाैं !

अब लुट्न छोड कान्छा,अब लुट्न छोड !
लुट्ने काम नछोड्ने भए नेपाल देश छोड !!

यो देश नेपाल हो,कान्छा यो देश नेपाल हो !
लुट्ने काम छोड्दैनस् भने मर्न तयार हो !!

हाम्रा वीर पुर्खाहरुले आर्ज्याको मुलुक हो !
तिम्रा साम्राज्य प्रभुबाट उपहार पाएको हो ? !!

साम्राज्यका दलालहरु नयाँ देश माग !
विरको रगत उम्लि नसक्दै देश(नेपाल)छोडेर भाग !!

अब त निद्रा खोल साथी,उठ दाजुभाइ !
कुरा बुझ कम्मर कस हिड् लड्नलाई !!

देशको गित गाउ दिदी जनताको गित गाउ !
अल्सर मै उपचार पाएन भने क्यान्सर हुन्छ घाउ !!

क्यान्सर उपचार गर्नलाई वैध आउदैछ !
पुँजिवादी दलाल भयो देश खादैछ !!

समाजवाद ल्याउनलाई बहुमत आउदैछ !
अब फेरि जनयुद्धको आधी ल्याउदै छ !!

समाजवादी क्रान्ति गर्न कम्युनिस्ट एक होऔ !
पार्टी सदस्य महासचिव सेनामै भर्ती होऔ !!

नामको कम्युनिस्ट मात्रै होइन बिचार मै होऔ !
धम्की दिने माओवादी होइन् धमका दिने होऔ !!

लिङ्ग भूगोल जाति होइन बनौं माक्र्सवादी !
अब फेरि अघि बढौं हामी माओवादी !!

विचारमा माक्र्सवादी सङ्गठन लेनिनवादी !
संघर्षमा माओवादी अर्थ साम्यवादी !!

माक्र्सवाद भन्ने होइन लागू गर्ने हो !
सिकेर गर्ने होइन गर्दै सिक्ने हो !!

घर परिवार छर छिमेकी सङ्गै लाने हो!
गए जान्छन् जान्नन भने हिड्दै गर्ने हो !!

आजैबाट सपथ खादै अघि बढ्ने हो !
दलालहरुको स्वर्ग माथी फाएर खोल्ने हो !!

(केन्द्रीय सदस्य तथा सल्यान ईन्चार्ज)

प्रकाशित मिति : २०८० बैशाख २ गते शनिवार
प्रतिक्रिया दिनुहोस