पाल्पाली महोत्सव काठमाडौमा

पाल्पा / काठमाडौमा पाल्पाली महोत्सव २०८० हुनेभएको छ । पाल्पामा संचालन हुने महोत्सव यसपटक भने काठमाडौको पर्दशनी मार्गमा हुनेभएको हो ।

पाल्पाली संगमको आयोजनामा बैशाख ९ गते शनिबार ( एकदिन ) मात्र जारी  हुने महोत्सवमा पाल्पाका राष्ट्रिय कलाकारहरुद्वारा सागीतिक प्रस्तुति हुने भएको आयोजक टिमले जानकारी दिएको छ ।

साथै उक्त महोत्सवमा पाल्पाको पर्यटन प्रवर्द्धन गर्न ऐतिहासिक वस्तुहरु , सांस्कृतिक बन्तहरुसंग सम्बन्धि फोटो, पाल्पाली परिकार चुकाउनी बटुक, सेलरोटी हाँसको छोईला, खानाका स्टलहरु, पाल्पाली उत्पादन ढाका कस्वा, कफी, अम्लीसी लगायत अन्य उत्पादन, रक्तदान कार्यक्रम, स्त्री तथा बालरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर लगाएतका कृषि जन्य उत्पादन सम्बन्धी स्टलहरु हुने पाल्पाली संगमका अध्यक्ष बिष्णु बहादुर खत्रीले बताएका छन ।

प्रकाशित मिति : २०७९ चैत्र २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस