
कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्व अाफ्नाे गृहजिल्लामा खाली हुदै गएको छ । उक्त पार्टीले गत बैशाखमा स्थानीय चुनावलाई उपयाेग गर्ने दस्तावेज ल्याएपछि उक्त दस्तावेज विरुद्ध विद्रोह गरेको केन्द्रीय समितिकाे बहुमत पक्षले विप्लव र प्रकाण्डलाई निस्कासन गरेपछि नेपाल कम्युनिस्ट पार्टी(बहुमत) धर्मेन्द्र बास्तोला कंचनकाे नेतृत्वमा पुर्नगठन गरेकाे थियाे ।
धर्मेन्द्र नेतृत्वले विप्लव र प्रकाण्डले संसदीय संशोधनवादमा पतन भएको भन्दै गत बैशाखकाे २०-२३ गते चितवनमा बिशेष राष्ट्रिय भेला गरि काठमाडौं नाचघरमा २५ गते पत्रकार सम्मेलन गर्दै विप्लव-प्रकाण्डलाई निस्कासन घाेषणा गरेका थिए । अाफुहरुले क्रान्ति अभिभारा नछाडेकाे र याे संसदीय चुनावमा भाग नलिई बाह्रौं केन्द्रीय समितिकाे बैठकमा विप्लवकाे चुनाव उपयाेगकाे दस्तावेज विरुद्ध बहुमत केन्द्रीय सदस्यहरु अविस्कार गर्दै MCC विरुद्ध संघर्ष गर्ने र संसदीय व्यवस्थाकाे चुनावमा सहभागी नहुने निर्यणकाे पक्षमा उभिई अाफुहरुले उक्त क्रान्तिकारी एजेन्डालाई निरन्तरता दिन नेकपा(बहुमत) गठन गरेको घाेषणा गरेका थिए । यस लगत्तै नेपाल कम्युनिस्ट पार्टी(बहुमत)ले गत संघ र प्रादेशिक चुनाव अवज्ञा गर्दै सशक्त ढंगले अाफ्नाे पार्टी संगठनलाई विस्तार गर्दै तिब्रतामा लगेको छ । यसै शिलशिलामा विप्लवकाे गृह जिल्लामा गत जेठ मै जिल्ला कमिटी पुर्नगठन भए पछि विप्लव समुहबाट साना ठुला गरि झण्डै एक दर्जन समुहहरु नेकपा(बहुमत)मा प्रवेश गरेका थिए ।
अहिले नेकपा(बहुमत) ले विप्लवकाे गृहजिल्लाकाे पुर्वी बाणगंगा नगरपालिकाकाे प्रथम भेला सम्पन्न गर्दै १५ सदस्यीय नगर कमिटी समेत गठन गरेको छ । उक्त प्रथम भेलाले माया थापाको नेतृत्वमा १५ सदस्य कमिटी विस्तार गरेको छ । उक्त प्रथम भेलामा प्रमुख अतिथि बहुमतका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला ईन्चार्ज शेरमान,अतिथिहरु नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का जिल्ला संयाेजक कमरेड दिग्दर्शन,नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माअाेवादि) का जिल्ला सचिव कमल उप्रेती,नेकपा(बहुमत) का महाराजगन्ज – कृष्णनगर कमरेड रामशरणकाे उपस्थिति रहेको थियोे स्वागत मन्तव्य मन बहादुर काउचा,सुभकामना मन्तव्य कमल उप्रेती,कमरेड दिग्दर्शनले राख्नु भएको थियो,कार्यक्रमकाे अध्यक्षता माया थापाले गर्नु भएको थियो भने संचालन कमरेड जेनिले गर्नु भएको थियो,कार्यक्रम पटनामा भएको थियो ।