बहुमतले बुझायो मुख्यमन्त्री गिरिलाई ४४ बुँदे मागपत्र,पुरा नभए कडा संघर्ष गर्ने चेतावनी

नेपाल कम्युनिस्ट पार्टी(बहुमत) लुम्बिनी ब्युरोले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरिलाई मागपत्र बुझाएको छ । बहुमतले राष्ट्रियता,जनतन्त्र र जनजिविका सम्बन्धि ४४ बुँदे मागहरु समेट्दै उक्त मागपत्र बुझाएको हाे ।

राष्ट्रियतासम्बन्धी १० बुँदा, जनतन्त्रसम्बन्धी ५ बुँदा र जनजीविकासम्बन्धी २९ बुँदा पार्टीका लुम्बिनी ब्युरो ईन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य सार्दुलले वाचन गरेका थिए । मागपत्र वाचनपछि सार्दुलले केपी ओली सरकारसँग भएको ३ बुँदे सहमति लागू गर्दै जेलमा बन्दी बनाइएका सम्पूर्ण आस्थाका बन्दीलाई रिहा गर्न, विगतमा लगाइएका सम्पूर्ण झूट्टा मुद्दाहरू खारेज गर्न, बन्दी बनाइएका तर दोषी नठहरिएकाहरूलाई क्षतिपूर्ति दिन पनि माग गरेकाे छन् ।

मागपत्र बुझ्दै मुख्यमन्त्री लिला गिरिले विगतमा भएका सहमति र मागहरूलाई अाफुहरुले गर्न नसकेका र गर्न खाेजिरहेका यी मागहरुलाई लिएर गर्नु भएको ध्यानाकर्षण प्रति अाफु सधैंव गम्भीर रहने बताउनुभएकाे छ । उहाँले अाफ्नाे प्रदेश स्तरबाट गर्न सकिने मुद्दा कार्यवन्यन गर्ने प्रतिबद्धता समेत जाेहर गर्नु भएको छ । सबै बन्दीलाई रिहा गर्ने र मुद्दा फिर्ता गर्ने बिषयमा पनि केन्द्रीय सरकारको ध्यानाकर्षण गराउने समेत बताउनुभयो ।

मागपत्र बुझाउने क्रममा पार्टीका लुम्बिनी ब्युरो ईन्चार्ज सार्दुलले यी मागहरू पुरा नगरे कडा संघर्षमा जान बाध्य हुने समेत बताउनुभएको छ । उहाँले यसअघि यी मुद्दाहरु पार्टी केन्द्रले पनि सरकारलाई बुझाएको समेत बताउनुभएको छ । उक्त मागपत्र बुझाउन सार्दुलकाे नेतृत्वमा पार्टी केन्द्रीय सदस्य तथा कपिलवस्तु अर्घाखाँचि ईन्चार्ज शेरमान,कपिलवस्तु पार्टी संयोजक महान,पाल्पा संयाेजक दिग्दर्शन,दाङ संयाेजक विरेन्द्र,युवा जनस्वयमसेवकका दाङ जिल्ला अध्यक्ष अजय,विद्यार्थीका केन्द्रीय सदस्य तथा पार्टी दाङ जिल्ला कार्यलय सचिव अमर,दाङ पार्टी कार्यलय सदस्य हिमाल,विद्यार्थी केन्द्रीय सदस्य तथा दाङ अध्यक्ष निर्मला लगायतको उपस्थित रहेको थियाे ।

प्रकाशित मिति : २०७९ माघ २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस