नेकपा(बहुमत) राैतहट जिल्ला समितीको तेस्रो पुर्ण वैठक सम्पन्न

नेकपा(बहुमत) राैतहट जिल्ला समितीको तेस्राे पुर्ण वैठक सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी(बहुमत)को राैतहट तेस्राे पुर्ण वैठक बर्दियामा सम्पन्न भएको नेकपा(बहुमत) राैतहट कार्यलयले जनाएको छ । नेकपा (बहुमत) का राैतहट जिल्ला ईन्चार्ज कुमार राईको अध्यक्षतामा बसेको थियो भने वैठकको प्रमुख अतिथ्यता नेकपा (बहुमत) केन्द्रीय सचिवालय सदस्य तथा मधेश प्रदेश इन्चार्ज नयनको रहेको थियोे ।

बैठकले कार्यक्षेत्रको विभाजन,पार्टी,जनवर्गीय सङ्गठन र मोर्चाहरुलाई थप सृदृढ र व्यवस्थित गर्ने,जनयुद्ध दिवसको उपलक्ष्यमा जिल्लाव्यापी कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ । साथै जिल्ला व्यापी रुपमा सामाजिक अपराध, भु-माफिया,शैक्षिक माफिया, हरेक क्षेत्रका भ्रष्टचारी, मिटरव्याजी समस्या, कालोबजारी लगायत जनताको प्रत्यक्ष जीवन संग जोडिएका विषयमा संघर्ष केन्द्रित गर्ने पार्टीको योजना रहेको राैतहट जिल्ला कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस