नेकपा(बहुमत) बर्दिया जिल्ला समितीको पाँचौं पुर्ण वैठक सम्पन्न

नेकपा(बहुमत) बर्दिया जिल्ला समितीको पाँचौं पुर्ण वैठक सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी(बहुमत)कोपाँचौ पुर्ण वैठक बर्दियामा सम्पन्न भएको नेकपा(बहुमत) बर्दिया कार्यलयले जनाएको छ । नेकपा (बहुमत) का बर्दिया जिल्ला संयोजक शक्तिको अध्यक्षतामा बसेको वैठकको प्रमुख अथिती बाँके र बर्दिया इन्चार्ज अनन्त,पार्टीको सहायक सङ्गठन युवा जनस्वयमसेवक नेपालका केन्द्रीय महासचिव झलक विक,बुद्धिजीवी संगठनका केन्द्रीय संयाेजक बालकृष्ण अाेलिको अातिथ्यता रहेको थियो ।

बैठकले कार्यक्षेत्रको विभाजन,पार्टी,जनवर्गीय सङ्गठन र मोर्चाहरुलाई थप सृदृढ र व्यवस्थित गर्ने,जनयुद्ध दिवसको उपलक्ष्यमा जिल्लाव्यापी कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ । साथै जिल्ला व्यापी रुपमा सामाजिक अपराध, भु-माफिया,शैक्षिक माफिया, हरेक क्षेत्रका भ्रष्टचारी, मिटरव्याजी समस्या, कालोबजारी लगायत जनताको प्रत्यक्ष जीवन संग जोडिएका विषयमा संघर्ष केन्द्रित गर्ने पार्टीको योजना रहेको कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस