
नेपाल कम्युनिस्ट पार्टी(बहुमत) अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) अर्थात अखिल(क्रान्तिकारी) प्रदेश नम्बर १ काे दाेस्राे बैठक सम्पन्न भएको छ । बैठकले विद्यार्थी अान्दोलन र स्ववियु निर्वाचन विशेष कार्ययोजना निर्माण समेत गरेको छ । संगठनात्मक एवम् बिशेष जिम्मेवारीहरु समेत ताेकेकाे छ । बैठकमा नेकपा(बहुमत )का केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला ईन्चार्ज सुरेन्द्रकाे प्रमुख अातिथ्यता,अखिल(क्रान्तिकारी) का केन्द्रिय सचिव नबराज भट्ट विशेष अातिथ्यतामा
लगायत अन्य अतिथिहरुको उपस्थितिमा महत्त्वपूर्ण निर्णय सम्पन्न भएको अखिल(क्रान्तिकारी) प्रदेश नम्बर १ काे कार्यलयले जनाएको छ ।
प्रकाशित मिति : २०७९ माघ १५ गते आइतवार