माअाेवादि केन्द्रका पाेलिट ब्युरो सदस्य हिमाल शर्मालाई अाफ्नै कार्यकर्ताद्धारा बहिष्कार

अाज नेपाल कम्युनिस्ट पार्टी(माअाेवादि केन्द्र) का पाेलिट ब्युरो सदस्य तथा अखिल(क्रान्तिकारी) पुर्व केन्द्रीय अध्यक्ष हिमाल शर्मालाई अाफ्नै नेताकार्यकर्ताहरुले सामाजिक संजाल मार्फत बहिष्कार गरेका छन् । अाज पंचा सिंह नेतृत्वले उपत्यका विशेष प्रदेश समितिद्धारा आयोजित स्ववियु विशेष प्रशिक्षण कार्यक्रममा पार्टी पाेलिट ब्युरो सदस्य हिमाल शर्मा सहभागी भएको भन्दै बहिष्कार गरेका छन् । अखिल क्रान्तिकारीकाे राष्ट्रिय भेलाबाट पंन्चा सिंहलाई अध्यक्ष बनाए यता राष्ट्रिय सम्मेलन दुई समुह बाँडिए पछि दुई समुह बिच नै भएको थियो । उक्त सम्मेलन देखि अाैपचारिक रुपमै अखिल क्रान्तिकारीमा दुई समुहको नै अाधिकारिक कमिटी बनेको थियो । उक्त विवाद सल्टाउन नसक्दा अहिले पवन कार्की नेतृत्वकाे समान्तर कमिटीका संगठन विवाद विभाग प्रमुख लगायतले सामाजिक संजालमा पाेष्ट गरेर समाधान गर्नुको साँटाे गुटिय भेलामा सहभागी भई झन् विवाद चर्काउने काम गरेको हुँदा अाँफुहरुले बहिष्कार गरेको बताएका छन् । उनलेे भनेका छन् “एक कार्यक्रम गुटिय तत्वहरुले राखेका रहेछन् उक्त गुटिय कार्यक्रममा हितमान शाक्य,शक्ति बस्नेत र हिमाल शर्मालाई बाेलाईएकाे रहेछ हाम्रो अाग्रहलाई मान्दै हितमान शाक्य,शक्ति बस्नेत जानु भएन हिमाल शर्मा जानु भयो यसमा हाम्रो कडा अापत्ति छ बरु कसैको पक्षईतर नलिएर संगठनकाे विवादलाई हल गरियोस् हामी मान्न तयार छाैं । संगठनकाे उदेश्य,अान्दोलनकाे लक्ष्य केन्द्रित नभएर संगठनलाई अर्थाेउत्पार्जन गर्न खाेज्ने अराजक तत्व विरुद्ध हाम्रो विद्रोह हाे ।” उनलेे अझै सामाजिक संजालमा यस्तो प्रतिक्रिया समेत दिएका छन् ” अखिल(क्रान्तिकारी)मा ठूलो विवाद छ दुईओटा समिति छन् पार्टी नेता कार्यकर्ताहरु सबैलाई थाहा छ यस्तो विवादको समाधान कसरी गर्ने सङ्गठनको पूर्व अध्यक्ष हिमाल शर्माले पहल तथा छलफल गर्नु पर्ने होकी एउटा गुटको कार्यक्रममा गुट चलाउँदै हिड्ने ?? त्यसो हो भने अब हिमाल शर्मालाई हामीले किन नेता मान्ने ???”

प्रकाशित मिति : २०७९ माघ १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस