क्रसर उद्योगमा नेकपा(बहुमत) निकट युवा संगठनको कालो ब्यानर

नेकपा(बहुमत)निकट युवा जनस्वयमसेवक नेपालले कञ्चनपुरको एक क्रसर उद्योगमा कालो ब्यानर टाँसेको छ । बहुमत निकट युवा जनस्वयमसेवक कञ्चनपुरले बेदकोट नगरपालिका ७ मुसेपानीमा रहेको क्रसर उद्योगमा कालो ब्यानर टाँसेको हो ।

युवा जनस्वयमसेवक कञ्चनपुरका इन्चार्ज दिपेन्द्र सिह ऐरीले बन्दना भगवती निर्माण सेवाले संचालन गरेको क्रसर उद्योग अवैध भन्दै हटाउन ७ दिने अल्टिमेटम दिएको बताएका छन् । केही समय अघि प्रशासनले समेत क्रसर उद्योग अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकाँस अवैध,मापदण्ड विपरित संचालनमा रहेको ३ बन्द गराईएको थियो ।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस