बुटवलमा पुरुष हिंसा विरुद्ध प्रहरी सक्रिय, ७ जना महिला पक्राउ

वुटवलमा पुरुष हिंसा विरुद्ध पहिलोपटक नेपाल प्रहरी सक्रिय भएको छ । विभिन्न सार्वजनिक स्थलमा बसेर पुरुषलाई जिस्क्याँउने,हाेच्याँउने,अपहेलना गर्ने,मानसिक यातना दिने,याैनजन्य क्रियाकलापमा उद्धत गरि अनेकौं बाहानामा पैसा असुल गर्ने,टेलिफोन मार्फत लाखौं रुपैयाँ बार्गेनिङ गर्ने,सार्वजनिक व्यईज्जत गर्ने,पुरुषको स्वतन्त्रता विपरीत अत्याचार र हिंसा गर्ने महिलाहरूलाई प्रहरीले नियन्त्रण गर्न थालेको छ । यहीँ क्रममा रुपन्देहीको बुटवल स्थित सडक,चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीहरुलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काइरहेका ७ जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ । १८ वर्षीया किशोरीदेखि ५० वर्षसम्मका महिला पक्राउ परेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवल उपमहानगरपालिका क्षेत्रका विभिन्र सार्वजनिक स्थलका चोकहरुमा महिलाको समूहहरुले पैदलयात्री पुरुषहरुलाई यौनजन्य इसारा गरेर जिस्काउने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–२ बस्ने २३ वर्षीया मालिका सुब्बा, सोही ठाउँकी २९ वर्षीया प्रेयङ्का सुनार, ५० वर्षीया बिना सेर्पा, २४ वर्षीया रागीनी श्रेष्ठ, २३ वर्षीया आहाना खान, २७ वर्षीया नम्रता सिंह र १८ वर्षीया युरिना थापा छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनीहरुले सार्वजनिक स्थानमा यात्रुलाई अपशब्द बोल्ने, यौनजन्य इसाराका संकेतहरुबाट जिस्काउने, हातपात गर्ने गरेका थिए । पक्राउ परेका ७ जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । समाचार तयार पार्दा पार्दै काठमाडौंमा पनि यस्तै कार्यमा संलग्न महिलाहरुलाई पक्राउ गरि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ समाचार प्राप्त भएको छ । तस्बिर फाईल

प्रकाशित मिति : २०७९ पुष ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस