नेकपा(बहुमत) मधेस र पूर्वी ब्युरोको स्कुलिङ सिराहामा जारी

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) केन्द्रीय स्कुलिङ तथा अनुसन्धान विभागले मधेस ब्युरोको सिराहामा दुई ब्युरोको स्कुलिङ हिजोबाट चलिरहेको छ । नेकपा(बहुमत)को मधेस ब्युरो र पूर्वी ब्युरोमा कार्यरत नवौँ महाधिवेशन आयोजक समितिका सदस्य र ब्युरो सदस्यले दर्शन, विचार, अर्थशास्त्र र राजनीतिक विषयमा प्रशिक्षण लिइरहेको जनाइएको छ । पुस ३ गते सिराहामा पाँचदिने स्कुलिङ उद्घाटन भएको समाचारमा जनाइएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव प्रवीर प्रमुख अतिथि रहेको स्कुलिङ उद्घटन कार्यक्रमको अध्यक्षता पार्टी केन्द्रीय कार्यालय सदस्य तथा पूर्वी ब्युरो इन्चार्ज निर्मलले गरेका थिए । चलिरहेको स्कुलिङ्गमा नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा प्रशिक्षक बद्री कुमारको आतिथ्य र नवौँ महाधिवेशन आयोजक समितिका सदस्य सागर लिम्बुको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन पार्टी केन्द्रीय सचिवालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज नयनले गरेका थिए । स्कुलिङ ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रकाशित मिति : २०७९ पुष ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस