नेपाल कम्युनिस्ट पार्टी(बहुमत) केन्द्रिय स्कुलिङ विभागको आयोजनामा सेति महाकाली र कर्णाली ब्युरोको संयुक्त केन्द्रीय स्कुलिङ बर्दिया जिल्लाको बाँसगढीमा सम्पन्न भएको छ । पौष १ गते सुरु भएको स्कुलिङ पौष ४ गते समापन भएको हो ।
स्कुलिङमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विषय अध्ययन अध्यापन भएको थियो । स्कुलिङका प्रमुख अतिथि नेकपा (बहुमत) केन्द्रीय कार्यालय सदस्य दिपक चलाउने थिए । दुई ब्युरोका पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य र ब्युरो सदस्यहरूलाई पार्टी कार्यालय सदस्य,सचिवालय सदस्य संगम र महाधिवेशन आयोजक समितिका सदस्यहरू खेम थपलिया र सुशासनले प्रशिक्षण दिएका थिए ।
पार्टीका सेति महाकालि ब्युरो इन्चार्ज महानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको कार्यक्रमकाे संचालन कर्णाली ब्यूरो इन्चार्ज संगमले गरेका थिए ।
प्रकाशित मिति : २०७९ पुष ४ गते सोमवार