
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङ जिल्लाले जनता सँग बहुमत अभियान अन्तरगत संगठन बिस्तार तथा सुदृढ अभियानलाई तिब्र पारेको छ ।
जस अन्तरगत घोराही उपमहानगरपालिका १६ बाहुन डाडाँ टोलमा युवा जनस्वयमसेवक नेपाल,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ,अखिल नेपाल महिला संगठनको टोल कमिटी गठन गरिएको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) घोराही नगर पार्टीले जनाएको छ । युवामा बोध बहादुर थापाको अध्यक्षमा १३ सदस्यीय , महिलामा राधा थापाको अध्यक्षतामा ७ सदस्यीय र मजदुरमा हिरालाल थापाको अध्यक्षमा ११ सदस्यीय टोल कमिटी गठन गरिएको जानकारी दिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला पार्टी संयोजक बिरेन्द्रले अहिलेको दलाल पुँजीवादी संसदीय ब्यबस्थाका कारण बर्गीय विभेद चरम उत्कर्षमा पुगेकाले बर्ग विभेद अन्त्यका लागि बर्ग संघर्ष गर्न जरुरी रहेको बताएका छन । बर्ग मुक्तिको आन्दोलनमा संगठनको अनिवार्य आबश्यकता पर्ने बताउदै हेपीयका ,दबिएका , बर्गीय बिभेद, जातिय विभेदमा परेका किसान , मजदुर ,महिला ,युवा लगाएत विभिन्न आ आफ्नो पेशा ब्यबसायमा आवद्ध रहेका देशभक्त प्रगतिशिल नेपाली नागरिकहरु संगठित हुनुपर्ने बताएका छन । अहिले संसदीय दलाल राज्य सत्ताको अन्त्य गरि बैज्ञानिक समाजबादी ब्यबस्था स्थापनाका लागि नेपाली जनताको पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले बर्गीय आन्दोलनको नेतृत्व गरि रहेको बताए । शिक्षा, स्वास्थ, रोजगार लगाएत हरेक क्षेत्रमा असमानता , श्रमिकको श्रम शोषण, पिडित नागरिकले न्याय नपाउनु , पैसा र पावरको आधारमा दोषीले उन्मुक्ति पाउनु लगाएतका परिदृश्यहरुले जनतामा चरम निराशा छाएको र जनताले संसदीय व्यवस्थाको बिकल्प खोजिरहेको बताए ।
कार्यक्रमका अतिथी तथा जिल्ला पार्टी कार्यालय सचिव अमर खड्काले मन्तब्य राखेका थिए भने जबस फ्याक्स इन्चार्ज मनोज लुम्बिनी ब्यरो सदस्य युवक लगाएतको उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन घोराही नगर पार्टी इन्चार्ज हिमालले गरेका थिए ।