
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काठमाडौं जिल्ला समितिले गते मंसिर ४ गते सम्पन्न निर्वाचन अवज्ञा अान्दोलनमा जेल परेका नेता कार्यकर्ताहरुलाई सम्मान गरेको छ । आज काठमाडौंमा अायाेजित कार्यक्रममा सम्मान व्यक्त गर्दै प्रमाणपत्र समेत बितरण गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी(बहुमत)का केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोला र प्रबक्ता हेमन्त ओलीले जेल परेका नेता कार्यकर्ताहरुलाई प्रमाणपत्रका साथै अविर वरण गर्दै सम्मान सहित बधाई ज्ञापन गरिएकाे थियो ।
कार्यक्रममा पार्टीको उपत्यका बिशेष ब्यूरो इन्चार्ज शरद रसाइली,काठमाडौं जिल्ला इन्चार्ज संगम,अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष मिलन राई, दलित मुक्ति मोर्चाका संयोजक दर्शन नेपाली, अखिल नेपाल ट्रेड युनियनका अध्यक्ष बिनोद थापा, कानुन व्यसायिक वकिल,राम कृष्ण भण्डारी, पार्टीका केन्द्रीय सल्लाहकार ढुण्डिराज अधिकारीलगायतका अथितीहरुको सहभागीता रहेको छ । कार्यक्रममा काठमाडौं जिल्लाका २०० जना नेता कार्यकर्ताहरुको आन्तरिक प्रशिक्षण पनि दिईएकाे छ ।