
नेकपा बहुमत जिल्ला समिति बैतडीले माया लुहार हत्याका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया लुहारलाई गत १३ गते साँझ धारिलो हतियारले घाटी रेटेर हत्या गरिएको थियो। उनकी भदै नेहा घाइते छिन् ।
परिवारले शिवनाथ गाउँपालिका–४ का भरतराम कोलीले हत्या गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएको छ । ४ दिन बितिसक्दा पनि आरोपित पक्राउ पर्न सकेका छैनन् ।नेकपा बहुमतले यो घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ। हत्यारालाई कानुनी कारबाहीको माग गर्दै उचित क्षतिपुर्तिका माग गरेको छ।
घटनामा संलग्न व्यक्तिलाई सत्ता र शक्तिका भरमा संरक्षण गर्न खोजे कडा संघर्षमा उत्रिने चेतावनी पनि नेकपा बहुमतले दिएको छ । जिल्ला इन्चार्ज बासुदेव र संयोजक देबद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता जघन्य अपराधका घटना बढ्दै गएपनि वर्तमान सरकार मौन रहेको आरोप लगाइएको छ ।