संसदीय व्यवस्थाले लादेकाे वेतिथी अन्त्य गर्न विद्यार्थीकाे भुमिका महत्त्वपूर्ण हुनेछ:समरजंग

नेपाल कम्युनिस्ट पार्टी(बहुमत) निकट अनेरास्ववियु (क्रान्तिकारी) काे उपत्यका स्तरिय राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा विद्यार्थी फ्याक्सन इन्चार्ज समरजंगले नेपालको वर्तमान कम्युनिस्ट आन्दोलन र संसदीय व्यवस्थाले लादेकाे चरम वेतिथीकाे अन्त्य गर्ने युवा विद्यार्थीहरुकाे भुमिका महत्त्वपूर्ण हुने बताए । उक्त कार्यक्रममा अनेरास्ववियु(क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राईले नेपाली वर्तमान दलाल पुजीवादी शिक्षा प्रणाली यसको अन्त्यका निम्ति युवा विद्यार्थी काे भुमिका विषयमा प्रशिक्षित गरेका थिए ।

उपत्यका विशेष समिति इन्चार्ज दिपक बिष्ट( बादल) काे सञ्चालनमा भएको कार्यक्रमकाे अध्यक्ष्ाता CTEVT तथा विश्व विद्यालय इन्चार्ज नबराज भट्टले गरेका थिए भने, कार्यक्रम काे प्रमुख अतिथि क.समरजंग फ्याक्सन इन्चार्ज थिए । संगठनका केन्द्रीय अध्यक्ष मिलन राई,महासचिव रुपा बुढामगरकाे उपस्थितिमा भएको कार्यक्रममा स्वागत मन्तव्य संगठनका केन्द्रीय सचिवालय सदस्य गाेबिन्द बिष्टले राखेका थिए । उक्त राजनीतिक तथा वैचारिक प्रशिक्षणात्मक कार्यक्रम देशव्यापी सञ्चालन गरिने संगठनका केन्द्रीय काेषाअध्यक्ष दिपक बिष्टले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस