नेकपा(बहुमत)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)कपिलवस्तु संगठन विस्तारमा

नेपाल कम्युनिष्ट पार्टी(बहुमत) निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले विद्यार्थी भेटघाट तथा संगठन विस्तार कार्यक्रमलाई तिब्र गतिमा सञ्चालन गरेको छ ।
अखिल(क्रान्तिकारी)ले यस भन्दा अगाडि पनि जिल्लाका विभिन्न विद्यालयहरुमा पुगेर विद्यार्थीहरुसंग भेटघाट तथा छलफल गरी विद्यार्थीहरुका समस्याहरूलाई हल गर्दै आइरहेको छ भने विद्यार्थीहरुबाट चर्को रकम उठाउने बिद्यालय/कलेजहरुलाई कारबाही समेत गरिरहेको छ ।

जिल्लाको २२ औं सम्मेलन यहीँ मिति २०७९ मंसिर १९ गतेको तयारी स्वरुप विद्यार्थी भेटघाट तथा संगठन विस्तार गरिरहेको छ । अखिल(क्रान्तिकारी)ले अाफ्नाे संगठनमा सम्पूर्ण देशभक्त,प्रगतिशील तथा क्रान्तिकारी विद्यार्थी साथीहरूलाई आबद्ध हुन समेत अनुरोध गरेको छ । अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा अभियानका संयाेजक सन्देश सापकोटाले जानकारी गराएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस