
नेपाल कम्युनिस्ट पार्टी(बहुमत)ले प्रतिनिधि र प्रदेश सभाको संसदीय निर्वाचन अवज्ञा गर्ने क्रममा हिजो मंसिर ४ गते प्रहरीले गिरफ्तार गरेका नेपाल कम्युनिस्ट पार्टी(बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा कञ्चनपुर जिल्ला ईन्चार्ज हरिस दयाल,अखिल(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष विरेन्द्र शाह,नेकपा(बहुमत) कञ्चनपुर जिल्ला संयोजक नक्साल बिष्ट,अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा सेतिमहाकालि ब्युरो इन्चार्ज सुरेन्द्र धानुक,युवा जनस्वयंमसेवक नेपालका केन्द्रीय सचिवालय सदस्य दिपेन्द्र सिंह ऐरी,जिल्ला सदस्य सुरज मल्ल,सुरेश नाथ र अखिल(क्रान्तिकारी) जिल्ला कार्यलय सदस्य विरेन्द्र नाथ लगायतका नेता–कार्यकर्तालाई अाज सोमबार रिहा भएका छन् ।
रिहाइ लगत्तै नेकपा(बहुमत)का केन्द्रीय समिति सल्लाहकार डम्बरबहादुर बिष्ट “राष्टपति”,नवौं महाधिवेशन आयोजक कमिटी सदस्य डम्बर बिष्ट “म्याग्नेट”,जिल्ला पार्टी सदस्य पुष्कर भण्डारी रितिक र नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यीय तथा कञ्चनपुर जिल्ला ईन्चार्ज हरिश सुबेदि लगायतले हिरासतमुक्त नेता–कार्यकर्तालाई अविर लगाएर स्वागत गर्दै बधाई दिएका छन् । हिरासत मुक्त नेकपा(बहुमत) का नेता कार्यकर्ताहरुलाई हिजो कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर भृकुटी मावि विधालयबाट संसदीय निर्वाचन अवज्ञा लेखिएका प्लेकार्ड बाेकेर नारा लगाउदै सडकमा हिडिरहेका र पर्चा पम्पलेट वितरण गर्ने क्रममा गिरफ्तार गरेको थियोे ।