
नेपाल कम्युनिस्ट पार्टी(बहुमत) ले अायाेजना गरेको हिजो मंसिर ४ गते कथित पुँजीवादि नाेक्करशाहि सामान्तिय नवाैअाैपनिवेशिक दलाल संसदीय व्यवस्थाले गरेको निर्वाचनलाई अवज्ञा गर्ने क्रममा अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज पदम नेपाली,कपिलवस्तु जिल्ला संयोजक लक्ष्मी खनाल,जिल्ला उपाध्यक्ष राजेस,जिल्ला सह-सचिब कुमार रिहाइ हुनु भएको छ । उहाँहरु सबैलाई हिजो अर्घाखाँची बजारबाट कथित निर्वाचन अवज्ञाको कार्यक्रम अन्तर्गत निर्वाचनका विरुद्धमा जुलुस निकाल्दा गिरफ्तार गरेको थियो । प्रहरीले अाज २७ घण्टाको हिरासतमा अाज अहिले विहान छाडेको छ । हिरासत बसाइँ पछि निस्कनु भएका नेताकार्यकर्तालाई नेकपा(बहुमत) अर्घाखाँचीले स्वागत तथा अभिनन्दन गरेको थियोे ।
प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार