
युवा जनस्वयमसेवक,नेपालका केन्द्रीय अध्यक्ष हरिस भट्टले दलाल संसदीय व्यवस्थाको चुनाव अवज्ञा आन्दोलनका क्रममा गिरफ्तार गरिएका सङ्गठनका कञ्चनपुर जिल्ला इञ्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य कमरेड दीपेन्द्र ऐरी,जिल्ला सदस्य कमरेड सुरत मल्ल, स्याङ्जा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य कमरेड निसानबाबु पुन,जाजरकोट जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य कमरेड पदम हमाल, कास्की जिल्ला कोषाध्यक्ष कमरेड सुर्य परियार सहित सम्पूर्ण नेता–कार्यकर्तालाई बिनासर्त अविलम्ब रिहा गर्न माग गर्नु भएको छ ।
स्वयंसेवकका अध्यक्ष भट्टले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :
“नेपाली युवाहरूको प्रिय संगठन युवा जनस्वयमसेवक, नेपाल देशमा व्याप्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक समस्याहरु विरुद्ध निरन्तर लड्दै आएको कुरा सर्वविदितै छ राष्ट्र र जनता माथि संसदीय व्यवस्थाले थोपरेका समस्याहरु समाजवादी क्रान्ति मार्फत समाधान दिने कुरामा हामि दृढ र प्रतिबद्ध छौं ।
संगठनका सम्पूर्ण कमरेडहरु निरन्तर जनता र राष्ट्रहितको काममा खटिराखेका छन दलाल संसदीय व्यवस्थाले राष्ट्र राष्ट्रियता र जनतामाथि समस्या थोपर्ने सिवाय गरेको छैन। ७५ लाख युवाहरुले खाडी मुलुकमा सात- पसिना बगाएर पठाएको रेमिट्यान्सले देशको संकटग्रस्त अर्थतन्त्रमा टालोहाल्ने र अर्थतन्त्र चात्रे काम गरिएको छ । २५ % भन्दा बढी युवा मतदाता खाडीमा रहेको तथ्यांक छ भने दैनिक २८०० भन्दा बढी युवाजनशक्ति विदेशिरहेको बिडम्बना हाम्रो आखाँ अगाडी छ आज मात्र सम्पन्न संसदीय निर्वाचनप्रति देखिएको जनताको वितृष्णाले प्रस्ट पार्दछ कि यो व्यवस्था पूर्णरूपमा असफल भइसक्यो । उत्साहका साथ निर्वाचन अवज्ञामा सामेल सम्पूर्ण न्यायप्रेमी अग्रगमनकारी जनसमुदायमा हार्दिक धन्यवाद समेत अर्पण गर्दछौ
बन्दुकको नालमुनि मतपेटिका राखेर भ्रष्टहरू नवीकरण गर्ने नाटक चुनाव मञ्चन गरिएको छ। हामी स्पष्ट छो समाजवादी क्रान्ति बिना भ्रष्टहरु सत्तामा नविकरण गर्ने गोलचक्कर प्रक्रियाले राष्ट्र र राष्ट्रियता तथा जनताका समस्याको निकास दिनेछैन। हामीले प्रस्टै भनेका थियो दलाल संसदीय व्यवस्थाले घोषणा गरेको निर्वाचन अवज्ञा निर्वाचन अवज्ञाकै क्रममा हाम्रो संगठनका कञ्चनपुर जिल्ला इञ्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य क. दीपेन्द्र ऐरी, जिल्ला सदस्य सुरत मल्ल, स्याङ्जा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य क. निसानबाबु पुन, जाजरकोट जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य पदम हमाल, कास्की जिल्ला कोषाध्यक्ष क. सुर्य परियारलाई सामान्य राजनीतिक कार्यक्रममा सहभागी भएकैले बिनाकारण गिरफ्तार गरिएको छ ।
आफ्नो मत / फरकमत निर्धक्क राख्न पाउने र संसदवादीहरुले दुहाइ दिएर नथाक्ने लोकतन्त्रको समेत धज्जी उडाएर गरिएको कमरेडहरु गिरफ्तारीको घोर भर्त्सना गर्दछौं । बिनाकारण देशभरिबाट गिरफ्तार गरिएका कमरेडहरुको यथाशिघ्र रिहाइको माग गर्दछौं ।”