नेकपा(बहुमत) द्धारा जाजरकोटमा निर्वाचन विरुद्ध प्रदर्शन,बहुमतका दुई नेता पक्राउ

जाजरकोटमा संसदीय निर्वाचन विरुद्ध प्रदर्शन भएको छ । प्रदर्शन गर्ने क्रममा नेकपा(बहुमत)का जाजरकोट जिल्लाका दुई नेताकार्यकर्ता गिरफ्तार परेका छन् । उक्त प्रदर्शनलाई नेकपा(बहुमत) का जिल्ल ईन्चार्ज तथा केन्द्रीय सदस्य धमिलले सम्बाेधन गर्नु भएको छ । जाजरकाेटकाे नलगाड नगर पालिका वडा नम्बर ८ काे जिपुवा मतदान केन्द्रमा नेकपा(बहुमत) जाजरकाेटका ईञ्चार्ज धमिल लगायतका पचासाैं जनाका कार्यकर्ताहरु नारावाजि गर्दै मतदान केन्द्र स्थल तर्फ अगाडि बढेपछि केहिसमय मतदान नै स्थगित भएकाे थियाे । उक्त प्रदर्शनका क्रममा नेकपा(बहुमत) निकट युवा जनस्वयम्सेवकका जिल्ला अध्यक्ष पदम र नेकपा(बहुमत) जिल्ला सम्मेलन अायाेजक समिति सदस्य अाक्राेसलाई प्रहरीले गिरफ्तार गरेकाे छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस