जनसेवामा नेकपा(बहुमत),जिर्ण घर निर्माण गरि पिडित परिवारलाई हस्तान्तरण

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङले जिर्ण भएको घरलाई निर्माण गरि घर धनीलाई हस्तान्तरण गरेको छ । तुलसीपुर उप-महानगरपालिका -५ नयाँ बसपार्कका शेर बहादुर परियारको घरलाई निर्माण गरि एक कार्यक्रमका बिच घर हस्तान्तरण गरेको हो । घर जिर्ण अवस्थामा हुदा शेरबहादुरको परिवार बिगत १ वर्ष देखि आफन्तको घर बस्दै आएका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को आयोजनामा जिल्लाका नेता तथा कार्यक्रताहरुले २ दिन श्रमदान गरेर उक्त घरलाई निर्माण गरिदिएका हुन । घर मर्मत गर्न निर्माण सामाग्रीहरु राप्ती ड्रिङ्कीङ वाटर उद्योगले सहयोग गरेको थियो । घर हस्तान्तरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता खेमराज ले मन्तव्य राख्नु भएको भने दाङ जिल्ला पार्टी संयोजक बिरेन्द्र लगाएत जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण तुलसीपुर नगर इन्चार्ज सजकले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस