कास्कीमा मतदान केन्द्र मै पुगेर नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का कार्यकर्ताले मतपेटिका फुटाएका छन् ।अाज कास्की जिल्लामा रहेको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ लिम्रेमा रहेको कास्की जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ क अन्तर्गत तारेबराह आधारभुत बिद्यालय बुथ(ग) को मत पेटिका फुटाएका हुन् । नेपाल कम्युनिस्ट पार्टी(बहुमत) निकट युवा जनस्वयमसेवक नेपाल कास्की जिल्ला काेषाध्यक्ष सुर्यको नेतृत्वमा पुगेका कार्यकर्ताहरुले मतदान स्थल मै पुगेर उक्त मतदान पेटिका फुटाएका हुन् । मतपेटिएका फुटाउने कार्यकर्तालाई प्रहरीले नियन्त्रण लिएको छ भने यता नेकपा(कास्की) जिल्लाले हाम्रो पार्टीको केन्द्रीय घाेषित निर्यण अनुसार उक्त कार्य गरेको भन्दै जिम्मेवारी समेत लिएको छ । अाज जिल्ला ईन्चार्ज गाेकुल र संयाेजक बद्रीले एक विज्ञप्ति जारी गर्दै अाफ्ना कार्यकर्ता छाड्न समेत अाग्रह गरेका छन् । जारी गरिएको विज्ञप्तिमा भनिएको छ -” नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को संसदीय निर्बाचन अवज्ञा अन्तर्गत कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ लिम्रेमा रहेको कास्की जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ क अन्तर्गत तारेबराह आधारभुत बिद्यालय बुथ(ग) को मत पेटिका हाम्रो पार्टीको चुनाब अवज्ञाको केन्द्रीय नीति अनुसार पार्टीको सहायक संगठन युवा जनस्वयमसेवक नेपाल जिल्ला समिति कास्कीका कोषध्यक्ष कमरेड सुर्यद्वारा मत पेटिका फुटाउनु भएको छ ! यसको पुर्ण जिम्मेवारि हाम्रो पार्टीले लिएको कुरा जानकारी गराउदै मतदान स्थलबाट गिरफ्तार गरिएका हाम्रा जिल्ला सद्स्य कमरेड हरि कमरेद निसान र युवा कोषध्यक्ष कमरेद सुर्य लाई यथासिघ्र ससम्मान रिहाईको जोड्दार माग गर्दछौ !
क्रान्तिकारी अभिबादन सहित
संयोजन
क बद्री
इन्चार्ज
क गोकुल”
कास्कीमा मतदान केन्द्र मै पुगेर नेकपा(बहुमत)का कार्यकर्ताले फुटाए मतपेटिका
प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस