
संसदीय व्यवस्था मान्दैनौं ! निर्वाचनमा भाेट हाल्दनाैं ! भन्दै बाटोमा हिडिरहेका नेकपा(बहुमत)का नेताकार्यकर्ताहरुलाई प्रहरीले अाज कंचनपुरबाट गिरफ्तार गरेको छ । अाज उनिहरुले कंचनपुरकाे महेन्द्रनगरमा अाँफुहरुले याे व्यवस्था नमान्ने र भाेट नहाल्ने भन्दै प्लेकार्ड बाेकेर शान्तिपूर्ण रुपमा बाटोमा हिडिरहेका थिए । उनिहरुले याे व्यवस्थाले देश नै बेचेकाे छ,युवा महिला विद्यार्थीहरु सबैलाई बेचेकाे छ,स्वास्थ्य उपचार निशुल्क छैन्,सरकार अाँफैले भ्रष्टाचार दिन प्रतिदिन गरिरहेको छ,महङ्गिले अाकास छाेएकाे छ,हत्या बलत्कार जस्ता जघन्य अपराध बढिरहेको छ ,शिक्षा गुणस्तरीय र निशुल्क छैन्,युवाहरुलाई स्वदेशमै राेजगार छैन् त्यसैले यस्तो संसदीय व्यवस्थाकाे निर्वाचन अवज्ञा गराैं भन्दै प्लेकार्ड सहित शान्तिपूर्ण प्रदर्शन गर्दै हिडिरहेका थिए । उनिहरुलाई प्रहरीले निर्वाचन अाचारसंहिता विपरीत भएको भन्दै पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेमा नेकपा(बहुमत) नवाैं महाधिवेशन अायाेजक समिति सदस्य तथा साेहि पार्टी निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष बिरेन्द्र शाह,केन्द्रीय सचिवालय सदस्य तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज सुरेन्द्र धानुक,नेकपा(बहुमत)का कंचनपुर जिल्ला इन्चार्ज अर्जुन,जिल्ला संयोजक नक्साल,युवा जनस्वयमसेवक नेपालका केन्द्रिय सदस्य दिपेन्द्र र भरत लगायत रहेका छन् । यता शान्तिपूर्ण राजनितिक गतिविधिमा हिड्दै गर्दा गिरफ्तार गरिएका अाफ्ना नेताकार्यकर्ता यथाशीघ्र रिहाईको माग गरेकाे छ नगरिए कडा संघर्ष घोषणा गर्न बाध्य हुने नेकपा(बहुमत) कंचनपुरले जनाएको छ ।