झापामा मतदान चलिरहदा मतदान केन्द्र नजिकै नेकपा(बहुमत)काे निर्वाचन विरुद्ध प्रदर्शन

झापामा मतदान चलिरहदा मतदान केन्द्र नजिकै नेकपा(बहुमत)ले निर्वाचन विरुद्ध प्रदर्शन गरेको छ । भर्खरै प्राप्त जानकारी अनुसार नेकपा(बहुमत)झापाले उक्त प्रदर्शन झापाका सदरमुकाम भद्रपुर नगरपालिका वडा नम्बर ७ सरस्वति चाेकमा रहेको बिरेन्द्र माबि निर्वाचन मतदान केन्द्रकाे २०० मिटर नजिकै प्रदर्शन भएको छ । यता अाजै झापामै आज भईरहेको संसदीय निर्वाचनकाे मतदानलाई अवज्ञा गर्न आव्हान गर्दै झापाको सदरमुकाम चन्द्रगढीमा पनि अवज्ञा सभा गरेको छ । नेकपा(बहुमत) झापाले अवज्ञा र्यालि निकाल्दै प्रदर्शन गरि कोणसभामा परिणत गराएको छ । उक्त कोण सभालाई नेपाल कम्युनिस्ट पार्टी(बहुमत) झापा जिल्ला सदस्य कमल सहनिले सम्बोधन गर्दै निर्वाचनले दलालहरुलाई लुटिखाने लाईसेन्स मात्र दिने भएकोले अवज्ञा गरि बैज्ञानिक समाजवादि व्यवस्थाका लागि अघि बढ्न समेत अपिल गरेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस