कैलालीमा माैन अवधि ताेड्दै टाँगियाे संसदीय निर्वाचन विरुद्ध कालाे ब्यानर

अाज नेपाल कम्युनिस्ट पार्टी(बहुमत) कैलालीले भाेलि मंसिर ४ गते हुने संघ र प्रदेशका संसदीय निर्वाचनको माैन अवधिलाई ताेड्दै संसदीय निर्वाचन अवज्ञा गराैं भन्दै सार्वजनिक स्थलहरुमा कालाे ब्यानर टाँगेकाे छ । उक्त पार्टीले जिल्लाको लम्कीचुहा नगर,टीकापुर नगर,घोडाघोडी नगर,गौरीगंगा नगर,जोशीपुर गाउँ कमिटी,जानकी गाउँ कमिटी,भजनि नगर कमिटी,बर्दगोरीया गाउँ कमिटी,गोदावरी नगर कमिटी,र धनगढी उपमहानगर कमीटीले चुनाव अवज्ञाको कालो व्यानर सहरका मुख्य चाेकहरूमा टाँगेकाे छ । जिल्लाका ६ वटा नगरपालिका ३ गाउँपालीका र १ वटा उपमहानगरपालीका गरि १० वटै पालिकाहरुमा ब्यानर टाँगिएको छ । टाँगिएको कालाे ब्यानरमा – “दलाल संसदिय व्यवस्थाको अन्त्य र बैज्ञानिक सामाजवादी सत्ता स्थापनाको लागि मंसिर ४ को कथित संघ र प्रदेशको चुनाव अवज्ञा गरौं ! दलाल संसदिय व्यवस्थाका मतियारहरु होसियार ! राष्ट्रघाती जनघाती उम्मेदवारहरुलाई अवज्ञा गरौं ! ” लेखिएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस