माैन अवधि ताेड्दै कपिलवस्तुमा नेकपा(बहुमत) सहित तीन दलले बाल्याे मशाल जुलुस

निर्वाचन अायाेगकाे माैन अवधि ताेड्दै कपिलवस्तुमा नेकपा(बहुमत) सहित तीन दलले मशाल जुलुस बालेको छ । कपिलवस्तुकाे चार नम्वर जितपुरमा भाेलि हुने निर्वाचनको पुर्व सन्ध्यामा विरोध स्वरूप चुनाव बहिस्कारका लागि कपिलवस्तुमा मशाल जुलुश प्रदर्शन गरिएको नेकपा(बहुमत) कपिलवस्तुले जनाएको छ । उक्त पार्टी सहित तीन दलले दलाल बुर्जुवा सत्ताले घोषणा गरेको २०७९ मङ्सिर ४ गते भाेलिको संसदिय निर्वाचन अवज्ञा/बहिस्कारको अाह्वान गर्दै कपिलवस्तुको शुद्धाेधन गाउँपालिकाको प्रगतिनगर बजारमा मशाल जुलुस प्रदर्शन गरिएको छ ।नेकपा(बहुमत),नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा (मशाल)को संयुक्त आयोजनामा २०७९ मङ्सिर ३ गते साझ ६ बजे मशाल जुलुश प्रदर्शन गरिएको हो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस