
अाज दाङकाे तुलसीपुरमा नेपाल कम्युनिष्ट पार्टी(बहुमत)ले पुराना जनताहरुका भत्किएका घर मर्मत तथा जनश्रमदान कार्यक्रम शुरु गरेकाे छ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङ जिल्लाकाे आयाेजना तथा राप्ती ड्रिङकिङ वाटर उधाेग तुलसीपुरकाे सहयाेगमा शनिवार एक कार्यक्रमकाे आयाेजना गरि नेपाल कम्युनिष्ट पार्टी(बहुमत) दाङ जिल्लाले साे कार्य शुरु गरेकाे हाे ।
उक्त कार्यक्रममा पार्टीका नगर ईञ्चार्ज सजक,पार्टीका जिल्ला संयाेजक बिरेन्द्र,पश्चिम कमाण्ड ईञ्चार्ज माईकल, पार्टीका जिल्ला कार्यालय सदस्य अमर,पार्टीका जिल्ला सदस्यहरु जित बहादुर परियार,विश्वास,विज्ञान,ठाकुर, मजदुर संगठनका जिल्ला अध्यक्ष प्रेम,युवा संगठनका जिल्ला सदस्यहरु लिला,ईन्द्रजित,मिलन लगायतकाे सहभागिता रहेकाे थियाे ।
प्रकाशित मिति : २०७९ मङ्सिर ३ गते शनिवार