कंचनपुरमा टाँगियाे संसदीय निर्वाचन विरुद्ध कालाे ब्यानर

अाज नेपाल कम्युनिस्ट पार्टी(बहुमत) निकट युवा जनस्वंयमसेवक नेपाल कंचनपुरले संसदीय निर्वाचन अवज्ञा गराैं भन्दै सार्वजनिक स्थलहरुमा कालाे ब्यानर टाँगेकाे छ । उक्त पार्टी निकट अखिल(क्रान्तिकारी) सहित युवा र पार्टीका नेताकार्यकर्ताहरुकाे सहभागीतामा युवा जनस्वयमसेवक नेपाल कञ्चनपुरले कंचनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा संसदीय चुनाव अवज्ञा किन ?भन्दै विभिन्न बुँदाहरु सहित व्यानर टाँस्नुका साथै मतदान केन्द्रमा अवज्ञा पर्चा वितरण समेत गरेको छ । उक्त कालाे ब्यानरमा ” १.भ्रष्टाचारीहरुको सम्पत्ति जफत गरि राष्ट्रियकरण गर्न ।,२.स्वास्थ्य र शिक्षामा हुने निजिकरणको अन्त्य गर्न ।,३.”Free visa free ticket” को नाममा युवाहरुलाई बिदेश जान प्रोत्साहन गर्ने कार्य रोकि स्वदेशी भुमिमा रोजगारी सिर्जना गर्न ।,४.Mcc जस्ता हरेक राष्ट्रघाति सन्धि-सम्झौताहरु खारेज गर्न ।,५.आवाश बिहिन जनताहरुलाई आवाशको सुनिश्चितता गर्न !,६.हरेक नेपाली नागरिकलाई जन्मसिद्ध जमिन माथिको अधिकार स्थापित गर्न ।,७.अपांग,अनाथ,वृद्ध तथा बालबालिका राज्यद्वारा संरक्षण प्रदान गर्न ।,८. दलाल पुजीवादी संसदीय राज्य व्यवस्था को अन्त्य गरि वैज्ञानिक समाजवादी व्यवस्था लागू गर्न । लेखिएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस