
बाँकेमा नेपाल कम्युनिस्ट पार्टी(बहुमत) ले कालाे ब्यानर प्रदर्शन सहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । बाँकेको विभिन्न सार्वजनिक स्थलहरुमा नेकपा(बहुमत)ले “कथित संसदीय चुनावको अवज्ञा गरौं !,वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौं !!,वैज्ञानिक सामाजवाद जिन्दाबाद !! भनिएका ब्यानर प्रदर्शन गरिएको हाे । प्रदर्शन गरिएका कालाे ब्यानरहरु सार्वजनिक स्थलहरुमा टाँगिएको छ । घरदैलो कार्यक्रममा पर्चा,पाेषटरिङ्ग गर्दै जनताको बिचबिचमा पुगेर भाेट नहाल्न अनुरोध गरिएको बताईएकाे छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर २ गते शुक्रवार