झापामा नेकपा(बहुमत)ले प्रदर्शन गर्याे कालाे ब्यानर

झापामा नेपाल कम्युनिस्ट पार्टी(बहुमत) ले कालाे ब्यानर प्रदर्शन गरेको छ । झापाको विभिन्न सार्वजनिक स्थलहरुमामा नेकपा(बहुमत)ले प्रतिक्रियावादी,पुँजीवादी,संसदीय व्यवस्था मुर्दावाद ! वैज्ञानिक सामाजवाद जिन्दाबाद !! आगामी मंसिर ४ को दलाल संसदिय निर्वाचन अवज्ञा गरौँ !! स्वाधीन संयुक्त सरकार निर्माण गराैं !! प्रत्यक्ष कार्यकारी व्यवस्था निर्माण गराैं ! भनिएका ब्यानर प्रदर्शन गरिएको हाे । प्रदर्शन गरिएका कालाे ब्यानरहरु सार्वजनिक स्थलहरुमा टाँगिएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस