कैलालीमा नेकपा(बहुमत)ले प्रदर्शन गर्याे कालाे ब्यानर

कैलालीमा नेपाल कम्युनिस्ट पार्टी(बहुमत) ले कालाे ब्यानर प्रदर्शन गरेको छ । अाज कैलालीको बर्दगोरीयामा नेकपा(बहुमत)ले प्रतिक्रियावादी,पुँजीवादी,संसदीय व्यवस्था मुर्दावाद ! वैज्ञानिक सामाजवाद जिन्दाबाद !! आगामी मंसिर ४ को दलाल संसदिय निर्वाचन अवज्ञा गरौँ !! भनिएको ब्यानर प्रदर्शन गरिएको हाे । यस्तै घाेडाघाेडि नगरपालिका,गाैरिगंगा नगरपालिकाका मुख्य चाेकहरुका सार्वजनिक स्थलहरु समेत टाँगिएको छ । उक्त क्षेत्रका जनताले चुनाव नहाल्ने निर्यण समेत गरेको समाचार प्राप्त भएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस