
नेपाल कम्युनिस्ट पार्टी(बहुमत) रुकुम पुर्वले उमेदवार माथिकाे कार्वाहीकाे जिम्मेवारी लिएको छ । अाज एक विज्ञप्ति जारी गर्दै भनिएको छ -“आमाबाबु ,दाजुभाइ तथा दिदिबहिनीहरु ! संसदीय व्यवस्था दलाल,माफिया,तस्कर र भ्रष्टहरुको व्यवस्था हो भन्ने प्रमाण खोज्न हामी कहिँ जानू पर्दैन । रुकुम(पुर्व) प्रदेश सभा “ख” का उम्मेदवार धनबहादुर केसी (डिबी) मानव तस्कर गिरोहका नाइके हुन् । अवैध मार्ग भएर अमेरिका पठाउने नाममा सयौं युवाहरूको तस्करी उनले गरेका छन् । सिङ्गो राज्य संयन्त्र उनको संरक्षण गर्दै आइरहेको छ भने हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सम्पुर्ण संसदीय प्रणालीको अन्त्य सँगसँगै भ्रष्टाचारको अभियोग प्रमाणित वा गम्भीर आरोपित,मिटरव्याजमा संलग्न,ठेकेदार,शिक्षा र स्वास्थ्य क्षेत्रका माफिया,एमसीसी पास लगायतका अन्य राष्ट्रघात र जनघातमा संलग्न,मानव तस्करमा संलग्न र अन्य सामाजिक,सांस्कृतिक,आर्थिक तथा राजनीतिक अपराधमा संलग्न उम्मेदवारहरुको विरुद्ध भण्डाफोर गर्दै आइरहेको बिषय स्पष्ट छ । हाम्रो पार्टी डीबीका विरुद्ध जनताको तर्फबाट हुने हरेक संघर्षको निम्न कारणले समर्थन र प्रशंसा गर्दछ ।” नेकपा(बहुमत)) रुकुम पुर्वले निकालेको विज्ञप्ति जस्ताको त्यस्तै –
” प्रेस विज्ञप्ति !
आदरणीय आमाबाबु,दाजुभाइ तथा दिदीबहिनीहरु !
हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत)देशका आर्थिक,राजनीतिक,सामाजिक तथा सांस्कृतिक समस्याहरुको समाधानका खातिर स्थापना कालदेखि नै संघर्षरत छ । तत्कालीन रूपमा हाम्रो पार्टीले यो देशमा संसदीय व्यवस्थाको अन्त्य,राजनीतिक स्थिरता,समृद्धि,समानता,शान्ति,स्वाधीनता र जन्मसिद्ध जमिनको अधिकारका निम्ति “स्वाधीन संयुक्त सरकार” को कार्यनीति अगाडि सारेर “आम राजनीतिक सहमती” को लागि पहल लिइरहेको बिषय सम्भवतः सम्पुर्णमा स्पष्ट छ ।अपितु हाम्रो पार्टी वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य र त्यसको स्थानमा जनताको सबैभन्दा सुन्दर,सुखी र खुशीपुर्ण व्यवस्था बैज्ञानिक समाजवादको स्थापनाको रणनीति प्रती स्पष्ट,दृढ र प्रतिबद्ध छ । जुन व्यवस्थामा मात्रै स्थायी शान्ति,दीगो समृद्धि,सबै खाले विभेद र असमानता मुक्त,पुर्ण स्वाधीनता र नागरिकका अनिवार्य र आधारभुत आवश्यकताहरुको ग्यारेन्टी राज्यले गर्ने थिति सम्भव छ ।
आदरणीय जनसमुदायहरु !
देश यतिबेला चुनावमय छ । देशभर संसदीय चुनावको हावा चलिरहेको छ । संसदवादी शासकहरु आफुलाई पुनः शासकको रूपमा अद्यावधिक गर्न जबरजस्त देशको सम्पुर्ण सुरक्षा निकाय,ब्युरोक्रेसी र उनीहरुद्वारा पालित पोषित गुण्डा,ट्यापे,मुन्द्रे र एक थान चाकडीवाजहरुको बलमा चुनाव लादिरहेका छन् । यद्दपी जनताहरुमा यो कथित चुनाव प्रती कुनै उत्साह,चासो र गौरव देखिदैन् । जनताहरुलाई विश्वास पनि छैन कि यो चुनावले समस्याहरुको हल हुनेछ । उनीहरुले जनताको बीचमा घोषणापत्र र प्रतिबद्धता पत्रको नाममा बाँडेका चुनावी आश्वासन र भ्रमहरु रत्तिभर पनि कार्यान्वयन हुनेछन् । सिङ्गो देश र जनता यो व्यवस्थाको परिवर्तनको पक्षमा देखिन्छन् । जनताहरुले उचित र प्रभावकारी विकल्पको रूपमा कुनै पनि राजनीतिक दललाई नदेख्दा उनीहरुले आफ्नो विद्रोह स्वतन्त्र नामधारी उम्मेदवार मार्फत व्यक्त गरिरहेका छन् ।
हाम्रो निष्कर्ष के छ भने चुनाव अहिलेको राष्ट्रघात,जनघात,भ्रष्टाचार,महंगी,कालोबजारी,मानव तस्करी ,जातीय,क्षेत्रीय।वर्गीय र लैङ्गकि विभेद,अस्थिरता,बेरोजगारी,लागू औषधको बढ्दो दुर्व्यसनी,अशान्ति,अराजकता,हत्या,हिंसा,बलात्कार,वित्तीय शोषणरअसुरक्षा,चरम निजीकरण र अव्यवस्था लगायतको अन्त्य यो कथित निर्वाचनले गर्न सक्दैन । तसर्थ देश नयाँ राजनीतिक कोर्समा अगाडि बढ्न जरुरी छ । हाम्रो पार्टी नेकपा(बहुमत)ले “स्वाधीन संयुक्त सरकार “को प्रस्ताव गरेको छ । यसको कार्यान्वयनले केही हदसम्म देशलाई अग्रगमन तिर लैजाने छ भने पुर्ण रूपमा देश स्वाधीन बन्न,आत्मनिर्भर बन्न,पुर्ण दिगो शान्ति कायम हुन, समानतायुक्त बन्न,समृद्ध बन्न,निशुल्क रूपमा स्वास्थ्य र शिक्षाको ग्यारेन्टी हुन,बेरोजगारीको हल हुन,सुशासन र सदाचार युक्त हुन बैज्ञानिक समाजवादमा पुग्नुको विकल्प छैन ।
आमाबाबु ,दाजुभाइ तथा दिदिबहिनीहरु !
संसदीय व्यवस्था दलाल,माफिया,तस्कर र भ्रष्टहरुको व्यवस्था हो भन्ने प्रमाण खोज्न हामी कहिँ जानू पर्दैन ।रुकुम(पुर्व) प्रदेश सभा “ख” का उम्मेदवार धनबहादुर केसी (डिबी) मानव तस्कर गिरोहका नाइके हुन् । अवैध मार्ग भएर अमेरिका पठाउने नाममा सयौं युवाहरूको तस्करी उनले गरेका छन् । सिङ्गो राज्य संयन्त्र उनको संरक्षण गर्दै आइरहेको छ भने हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सम्पुर्ण संसदीय प्रणालीको अन्त्य सँगसँगै भ्रष्टाचारको अभियोग प्रमाणित वा गम्भीर आरोपित, मिटरव्याजमा संलग्न,ठेकेदार,शिक्षा र स्वास्थ्य क्षेत्रका माफिया,एमसीसी पास लगायतका अन्य राष्ट्रघात र जनघातमा संलग्न,मानव तस्करमा संलग्न र अन्य सामाजिक,सांस्कृतिक,आर्थिक तथा राजनीतिक अपराधमा संलग्न उम्मेदवारहरुको विरुद्ध भण्डाफोर गर्दै आइरहेको बिषय स्पष्ट छ । हाम्रो पार्टी डीबीका विरुद्ध जनताको तर्फबाट हुने हरेक संघर्षको निम्न कारणले समर्थन र प्रशंसा गर्दछ ।
धनबहादुर केसी उर्फ डिबीलाई अवज्ञा/बहिष्कार किन?
• मानव तस्करी गिरोहको नाइके भएको ।
• अमेरिकी,ब्राजिल,मेक्सिको लगायतका विभिन्न देशको नागरिकता समेत लिई दोहोरो नागरिकता लिएको ।
• बहुविवाह जस्तो कानुनी र सामाजिक अपराध गरेको ।साथै विदेशी नागरिकसँग विवाह गरि नेपालको सम्पत्ति विदेशमा पलायन गराएको ।
• युवाहरूको तस्करी गरि अकुत कालो धन थुपारेको ।
• अनौपचारिक आर्थिक क्षेत्र हुन्डी कारोबारको मुख्य नाइके भएको ।
• जनतालाई मिटर व्याजमा पर्न र पार्न बाध्य पारेकोले ।
• आफू मात्रै नभएर आफ्ना भाइ भतिजाहरुलाई दलाली,तस्करीमा संलग्न गराएको(जस्तै:- मुक्ति,रुपक,हस्त,कलबहादुर,यल.बि.,मानव,लालवीर बोहरा,टिकाराम खनाल आदि) ।
• अन्तर्राष्ट्रिय कुख्यात लागुऔषध तस्कर पाउलो इस्कोबारको सदस्य भएको ।
• सयौं युवाहरुलाई अमेरिका पठाउने भनि दुबई,ब्राजिल,अल्जेरिया,अजरवैजान,मेक्सिको लगायतका विभिन्न देशमा अलपत्र पारेको ।
• नेपालबाट डलर तस्करी गरि दुबईबाट सुन र लागू औषधको तस्करी गर्ने गरेको ।
• जिल्ला अदालत रुकुमबाट कागजजात किर्ते मुद्दामा सजाय पाउने गरि फैसला भएपनी कार्यान्वयन नभएको ।
अन्त्यमा यस्ता पात्र र प्रवृत्ति साथै यस्ता पात्र र प्रवृत्ति जन्माउनेरहुर्काउने र संरक्षण गर्ने दलाल पुँजीवादी संसदीय व्यवस्थाको विरुद्ध जुट्न सम्पुर्ण क्रान्तिकारी रुकुमेली जनसमुदायहरुलाई हार्दिक अपिल गर्दछौं ।
क्रान्तिकारी अभिवादन सहित
१ मंसिर २०७९
…………. ……………
क.मन्जीत क. विपना
इन्चार्ज संयोजक” प्रेस विज्ञप्ति
कार्वाही गरिएका तस्बिरहरू