गृहमन्त्री बालकृष्ण खाँण र दिपक बाेहाेराकाे घरमा कालाे ब्यानर

नेपाल कम्युनिस्ट पार्टी(बहुमत) निकट युवा जनस्वयम् सेवक नेपाल रुपन्देहीले गृहमन्त्री तथा नेपाली काँग्रेसका उमेदवार नेता बालकृष्ण खाँणकाे घरमा कालाे ब्यानर टाँगेकाे छ । युवा जनस्वयम् सेवक नेपाल रुपन्देहीले – “मंसिर ४ को निर्वाचनमा बालकृष्ण खाँडलाई अवज्ञा किन ? राष्ट्रघाती सम्झौता MCC/SPP का मतियार तथा दलाल सरकारका गृहमन्त्री रूपन्देही क्षेत्र नं.३ का उमेदवार बालकृष्ण खाँडलाई अवज्ञा गरौं ! भन्दै घरमै कालाे ब्यानर टाँगेकाे छ । यस्तै अर्का उमेदवार दिपक बाेहाेराकाे घरमा पनि कालाे ब्यानर टाँगिएको छ । नेपाल कम्युनिस्ट पार्टी(बहुमत) जिल्ला समिति रुपन्देहीले अाज – “No Vote ! मंसिर ४ को निर्वाचनमा दिपक बोहोरालाई सामाजिक बहिस्कार गरौं ?,१.आयल निगमको जग्गामा घोटला गरेको ।,२.राष्ट्रघाती सम्झौता MCC/SPP का मतियार भएको ।,३. दलाल भु-माफिया भएको ।” भन्दै ब्यानर टाँगेकाे छ । गृहमन्त्री खाँण र दिपक बाेहाेरा दुवैलाई भाेट नहाल्न र सामाजिक बहिष्कार गर्न समेत अाह्वान गरिएको छ । टाँगिएका कालाे ब्यानरका तस्बिरहरू 

प्रकाशित मिति : २०७९ मङ्सिर २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस