पुर्वमन्त्री,उमेदवार शक्ति बस्नेतलाई कालोझण्डा देखाउने सुनिल सिँहलाई भब्य सम्मान

नेपाल सरकारका पुर्व गृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेतलाई कालोझण्डा देखाउने सुनिल सिँहलाई सम्मान गरिएको छ ।

जाजरकोटबाट प्रतिनिधिसभामा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बस्नेतलाई मंसिर २० गते सिर्केमा गरिएको कार्यक्रममा उनले कालोझन्डा देखाएका थिए। उक्त बिरोध लगतै सिंहलाई प्रहरीद्धारा गिरफ्तार गरिएको थियो भने कार्यक्रम पनि स्तगित भएको थियो।

गिरफ्तार पश्चात् रिहा भएका सुनिललाई धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले नेतृत्व गरेको नेकपा (बहुमत) जाजरकोटद्वारा सम्मान तथा अभिनन्दन मार्फत स्वागत गरिएको छ।

मंसिर ४ को चुनावलाइ लछित गरेर लोकतान्त्रिक बाम गठबन्धनलेआयोजना गरेको जनसभामा पुर्व गृह, वन तथा वातावरण मन्त्री एवम प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शक्ति बहादुर वस्नेतको प्रमुख आथित्यता रहेको कार्यक्रममा बिरोधस्वरुप कालोझण्डा देखाएको आरोपमा केहीदिन अघि गिरफ्तार गरिएको थियो ।

आज एक बिशेष कार्यक्रम मार्फत सिंहलाई अभिनन्दन गर्दै नेकपा (बहुमत) डोल्पा जाजरकोट इन्चार्ज धमिलले सिंहलाई बधाइ तथा सम्मान गर्नुभएको थियो । उहाँले सम्मान गर्दै हरेक युवामा अग्रगमनको पक्षमा रहेर दलाल संसदिय व्यवस्था र यसका मतियारहरुको खुलेर बिरोध गर्ने साहस हुनुपर्ने आवश्यकता रहेको बताए ।

उक्त कार्यक्रममा बोल्दै सुनिलले कुनै व्यक्ति र पार्टीको बिरुद्दमा नभएर सिङ्गो दलाल व्यवस्थाको बिरोध गरेको र उक्त व्यवस्थामा पुर्वमन्त्री बस्नेत लामो समयदेखी सिङ्गो व्यवस्थाको प्रतिनिधित्व गर्दै गएकोले उक्त कार्यक्रममा उहाँले सम्बोधन गर्दै गर्दा बिरोध गरिएको उहाको भनाइ छ र अझैँ पनी सिङ्गो संसदीय व्यवस्थाको बिरुद्धमा कुनै हिंसात्मक नभई सिर्जनात्मक र सचेतनात्मक बिरोध कार्यक्रममा लाग्नु हरेक प्रगतिशील नागरिकको कर्तव्य र अधिकार भएको बताए । सम्मान गरिएका तस्बिरहरू  

प्रकाशित मिति : २०७९ मङ्सिर २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस