नेकपा (बहुमत)बर्दियाद्वारा चुनाव अवज्ञा गराैं भन्दै प्रचारप्रसार तिव्र

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बर्दियाले जिल्लाको विभिन्न ठाउँहरुमा संसदीय चुनाव अवज्ञा गराैं भन्दै प्रचारप्रसारलाई तिव्र पारेको छ । बर्दियाको सदरमुकाम देखि विभिन्न नगरपालिकाको कार्यलय लगायत अन्य गाउँपालिकाहरुकाे विभिन्न ठाउँहरुमा संसदीय चुनाब अवज्ञा गराैं भन्ने पाेस्टर टाँस्दै,पर्चा बितरण र भित्तेलेखन गर्दै जनताहरुलाई भोट नहाल्न आह्वान गरेको छ । “मंसिर ४ को चुनावले चोर,फटाहा,दलाल, डाँकाहरु मात्र फेरिरहन्छन् सत्ता फेरिदैन् त्यसैले मंसिर ४ मा हुने संघ र प्रदेशको संसदीय चुनाव सम्पूर्ण जनताहरुले अवज्ञा गरौं ! भोट नहालौँ ! वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ ! स्वाधीन संयुक्त सरकारका लागि संघर्ष गरौँ ! जस्ता बिषय लिएर नेकपा(बहुमत) बर्दियाले जनताहरुमा भोट नहाल्न आह्वान गर्दै प्रचारप्रसार गरिरहेको छ । अभियानकाे नेतृत्व नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का बर्दिया जिल्ला संयाेजक शक्ति र ईन्चार्ज अनन्तले गरिरहेकाे भएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस