नेता टाेप बहादुर रायमाझीलाई गम्भीर अाठ अाराेप सामाजिक बहिष्कार गर्दै घरमा कालाे ब्यानर

अाज नेपाल कम्युनिस्ट पार्टी(बहुमत) निकट युवा जनस्वयमसेवक नेपाल,अर्घाखाँचीले नेकपा(एमाले) नेता टाेप बहादुर रायमाझीकाे घरमा कालाे ब्यानर टाँगेकाे छ । उनि उमेदवार उठेको निर्वाचन स्थलका सार्वजनिक स्थलहरुमा पनि उनलाई अासन्न निर्वाचनका उम्मेदवार टोप बहादुर रायमाझीलाई रायमाझीलाई सामाजिक बहिस्कार किन ? भन्दै कालाे ब्यानर टाँगिएको छ । उनी नेकपा(एमाले)काे तर्फबाट अर्घाखाँचीमा चुनाव उठिरहेका छन् । उनलाई युवा जनस्वयमसेवक नेपाल अर्घाखाँचीले “कथित निर्वाचनका उम्मेदवार टोप बहादुर रायमाझीलाई रायमाझीलाई सामाजिक बहिस्कार किन ? १. संसदीय व्यवस्थाको विरुद्ध जनयुद्ध गरि अर्घाखाँची जिल्लाबाट करिब ७८ लगायत देशभरीबाट १०००० भन्दा बढी सहिद तथा बेपत्ता परिवारको भावना बिपरित दलाल संसदीय व्यवस्थाको कथित चुनावमा भाग लिएकोले ।,२. माओवादी आन्दोलन र आदर्श लाई बेचेर दलाल पुजिपती वर्गमा परिणत भएकोले।,३. सहिदको रगतमा होलि खेलेर सहिद, बेपत्ता र घाइते परिवार लाई बेवास्था गरि दलाल, ठेगदार, र माफियाको पक्षमा काम गरेकोले ।,४.माओवादी आन्दोलन लाई बदनाम, कम्जोर र संसदवादी बनाउन भूमिका खेलेकोले,५. बिकास निर्माणमा कमसल काम गराई कमिसन खाएर व्यक्तिगत सम्पत्ति आर्जन गरेकोले ।,६. माओवादी आन्दोलन बाट स्थापित भएर पट्क पट्क सत्तामा रहेर आधारभूत वर्गको पक्षमा काम गर्नुको सट्टा दलाल, माफिया र पुजिपति वर्गको काम गरेकोले।,७. संसद विकास कोषको रकम आफ्ना झोले कार्यकर्ता लाई पोसने काम गरेकोले ।,८.सहिद, बेपत्ता र घाइते जनमुक्ति सेनाको पक्षमा बोल्न छोडेको ।” अाठ अाराेप लगाउदै सामाजिक बहिष्कार गरेको छ । तस्बिरहरू 

प्रकाशित मिति : २०७९ मङ्सिर १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस